गुडवीभद्धारा पत्रकारलाई स्वास्थ्य सामग्री वितरण

काठमाडौं । गिभ टु एशियाको सहयोगमा गुडवीभ नेपाल नामक संस्थाले पत्रकारहरुलाई स्वास्थ्इ सामग्री हस्तान्तरण गरेको छ ।

नेपाल पत्रकार मञ्चको सहकार्यमा गुडवीभ नेपालका अध्यक्ष समिक विक्रम शाह र महासचिव किरण थापाले दुई दर्जन पत्रकारहरुरलाई स्वास्थ्य सामग्री वितरण गरेको हो ।

स्वास्थ्य सामग्री वितरण कार्यक्रमममा अध्यक्ष समिक विक्रम शाहले आफूहरुले बालबालिकालाई संरक्षण गरी शिक्षा प्रदान गर्दै आईरहेको भएपनि वर्तमान संक्रमणको बेला सञ्चारकर्मीहरुको स्वास्थ्य सुरक्षामा केही सहयोग होस् भन्ने हेतुले पत्रकार मञ्चको सहकार्यका स्वास्थ्य सामग्री वितरण गरेको बताए ।

कोभिड– १० को संक्रमणका बाबजुत पनि सञ्चारकर्मीहरु आफ्नो पेशामा दिनरात खटिईरहेको अवस्थामा थोरै भएपनि स्वास्थ्य सहजकताका लागि सहयोग गर्न पाएकोमा गुडवीभ फाउण्डेसनका महासचिव एवं कन्सोर्टियम नेपालका अध्यक्ष किरण थापाले खुशी व्यक्त गरे । उनले आफूहरु बाल श्रम न्यूनिकरण गर्ने अभियानमा जुटिरहेको भएपनि समय अनुरुप गुडवीभलाई थप सामाजिक कार्यमा सक्रिय तुल्याउँदै आईरहेको जानकारी दिए ।

कार्यक्रममा नेपाल पत्रकार मञ्चका अध्यक्ष युवराज विद्रोहीले विगतको लकडाउनका समयमा पनि मञ्चले आफ्ना सदस्य पत्रकारहरुलाई सुरक्षा सामग्री वितरण गर्दै आईरहेको जानकारी दिए ।
फाउण्डेसनले करीव दुई दर्जन सञ्चारकर्मीहरुलाई मास्क, स्यानिटाइजर लगायतका सामग्री वितरण गरेको थियो ।