अग्रवाललाई पक्रिएपछि साम्य होला त उखु किसान आन्दोलन ?

बीरगञ्ज । वीरगञ्जबाट लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई आज प्रहरीले नियन्त्रणमा लिएको छ । उखु किसानको राजधानीमा आन्दोलन भइरहँदा अग्रवाललाई नौ करोड भुक्तानीको लागि नियन्त्रणमा लिएको हो । अग्रवालको सञ्चालक रहेको लुम्बिनी चिनी मिलले राजधानीमा आन्दोलनरत उखु किसानको नौ करोड रपैँया दिन बाँकी छ । अहिले उनलाई पर्साबाट नियन्त्रणमा लिइए पनि नवलपरासी जिल्ला प्रहरी कार्यालयमा बुझाउनु पर्ने प्रहरीले जानकारी दिएको छ । समयमै रकम भुक्तानी नगर्नेलाई यसरी पक्राउ गरिदिने हो भने किसानले आन्दोलन गर्नै पर्दैन । अब उखु किसानको आन्दोलन साम्य होला त ?