ओलीले थपे बालुवाटारबाटै पार्टी केन्द्रीय सदस्यहरु

काठमाडौं । नवनियुक्त मन्त्रीहरुलाई केन्द्रीय सदस्यको सपथ खुवाउने काम प्रम ओलीले गरेका छन् । संसद विघटनपछि बाटाबाट टिपेर मन्त्री बनाउनाले पार्टीको केन्द्रीय सदस्य समेत नरहेका मानिसहरु मन्त्री बन्नाले यस्तो समस्या आएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार राती सपथ ग्रहण समारोह आयोजना गरिएको थियो ।
सरकारी भवनलाई नै ओलीले पार्टी कार्यालय जसरी प्रयोग गरी केन्दीय सदस्यको सपथ बालुवाटारमा गराएका हुन् ।

ओलीले पुस १० मा मन्त्रीपरिषद् बिस्तार गरेका थिए । विस्तार गर्दा नौ जनालाई मन्त्रीपरिषद्मा थपिएको थियो। पूर्व माओवादी पार्टीबाट मन्त्री हुने सौभाग्य पाएकाहरुले वालुवाटारमा पार्टी केन्द्रीय सदस्य बनेको टीको ग्रहण गरेको बालुवाटारले जनाएको छ । उज्यालोमा बैठक रहेकोले साँझ यसरी लुके जसरी केन्द्रीय सदस्य घोषणा गर्नुपरेको एक केन्द्रीय सदस्यले जनाए । आलुको भाउमा पाइएको केन्द्रीय सदस्यको रातो टीको लाउन पाउँदा तिनीहरुको अनुहार हँसिलो देखिन्थ्यो ।