यमनमा शक्तिशाली बम विष्फोट

कठमाडौं । बुधबार यमनमा शक्तिशाली बम विष्फोट भएको छ ।सुरक्षा अधिकारीहरूका अनुसार नयाँ सरकारका सदस्यलाई छिमेकी मुलुक साउदी अरबबाट लिएर आएको विमान अवतरण क्रममा विष्फोट भएको थियो।विष्फोटमा मारिनेहरूमा अधिकांश सकारी कर्मचारी र अधिकारी रहेका छन्। सूचना मन्त्रीले हमला हूती विद्रोहीले गरेको बताए । कायरतापूर्ण तबरको हमलालाई यमनका मन्त्रीले यसको प्रति उत्तर दिइने जनाएका छन् ।

प्रधानमन्त्रीले आफू र आफ्नो मन्त्रीमण्डलका सदस्यहरू सकुशल रहेको प्रेस मिटिङबाट जानकारी दिए ।
हामी हाम्रा मानिसहरूलाई सबै मन्त्री परिषद् सुरक्षित छ र विमानस्थलमा इरान समर्थित हूती विद्रोहीहरूले गरेको कायरतापूर्ण हमलाले हामीलाई हाम्रो जिम्मेवारीबाट भट्काउने छैन र हाम्रो जीवन अन्य यमनीको भन्दा मूल्यवान छैन। अल्लाहले मारिएका मानिसलाई शान्ति दिऊन् र म घाइतेहरू छिटो ठीक हुन् भन्ने प्रार्थना गर्छुु प्रधानमन्त्रीले बताएका छन् ।

बुधबबार भएको सो विष्फोट नयाँ मन्त्रीमण्डलको सदस्यलाई लक्षित थियो ।गत पाँच वर्षदेखि यमन गृहयुद्धमा होमिएको छ । हुती विद्रोहीलाई इरानले संरक्षण गरेको यमनले आरोप लगाउँदै आएको छ । आक्रमण स्थलमा धेरै मानिस रहेको र विष्फोट लगत्तै मानिसहरुको भागाभाग भएको सूत्रहरुले जनाएको छ । विष्फोटमा कति मानिस मारिए भन्ने जानकरी अझै बाहिरिएको छैन ।