भारतलाई अग्रिम भुक्तानी दिएर बाँकी खोप किन्ने तयारी गर्दै

काठमाडौं । सरकारले भारतको कोरोना भाइरसविरुद्धको खोप उत्पादक कम्पनीको सर्त अनुसार नै अग्रिम भुक्तानी गरेर कोभिसिल्ड खोप खरिद गर्ने निर्णय गरेको छ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले कोरोना भाइरसविरुद्धको खोप खरिदमा अग्रिम भुक्तानी दिने निर्णय गरेको हो।

नेपालमा १० लाख डोज कोरोना खोप उपलब्ध गराएको भारतको सेरम इन्स्टिच्युटसँग सरकारले २० लाख डोज खोप किन्ने तयारी गरेको छ। अक्सफोर्ड–एस्ट्राजेनेकाको कोरोनाविरुद्धको भ्याक्सिन उत्पादन गरिरहेको उक्त कम्पनीले खोपको रकम सुरुमै भुक्तानी गर्नुपर्ने सर्त राखेको थियो।