दिनेश भट्टविरुद्ध किटानी जाहेरी

बैतडी । बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न भएका आरोपी दिनेश भट्टविरुद्ध किटानी जाहेरी परेको छ । बुधबार जिल्ला प्रहरी कार्यालय बैतडीमा दिनेशविरुद्ध भागरथीका दाई शंकर भट्टले किटानी जाहेरी दिएका हुन् ।

किटानी जाहेरीमा शंकरले आफ्नी बहिनी भागरथीलाई बलात्कारपछि क्रुरतापूर्वक हत्या गरेको भन्दै हदैसम्मको कारबाहीको माग गरेका छन् ।

२१ माघमा बैतडी दोगडाकेदार गाउँपालिका ७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको थियो । उनको शव २२ माघमा फेला परेको थियो । हत्याका आरोपी दिनेश भट्टको संलग्नताबारे बुधबार मात्र खुलेको हो ।