महाेत्तरीमा माेटरसाइकल चाेरी बढ्याे

महोत्तरी । महोत्तरीको उत्तरवर्ती नगर बर्दिवासमा मोटरसाइकल चोरीको बिगबिगी बढेको छ । पछिल्लोपटक सोमबार दिउँसै बर्दिवास–६ का प्रेमबहादुर खत्रीको ज९प ४३७९ नंको मोटरसाइकल बर्दिवास–१ पूर्वचोकस्थित आइएमई कार्यालय अगाडिबाट चोरी भएको हो । चैत महिनामा मात्रै १० भन्दा बढी मोटरसाइकल चोरी भएका छन् ।

“मोटरसाइकल अगाडि राखेर काम विशेषले आइएमई कार्यालय छिरेँ, पाँच मिनटमै फर्कँदा मोटरसाइकल चोरी भइसकेको थियो”, मोटरसाइकल धनी खत्रीले भन्नुभयो । दैनिकजसो मोटरसाइकल चोरीका वारदातबारे जानकारी आइरहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

चैत लाग्दै बर्दिवास–७ का वडाध्यक्ष फाल्गुण सुसलिङले प्रयोग गर्दै आउनुभएको बर्दिवास नगरपालिकाको सरकारी नम्बरप्लेटको मोटरसाइकल बर्दिवास–३ गौरीडाँडाबाट चोरी भएको छ । त्यसैगरी बर्दिवास–९ का मनोजकुमार महतोको मोटरसाइकल पनि गौरीडाँडाबाटै चोरी भएको छ । यसबाहेक बर्दिवास–१४ स्थित सेन्ट्रल प्वाइन्ट स्कूल अगाडिबाट बर्दिवास–३ कै रुद्र बोहराको मोटरसाइकल चोरी भएको छ । चैत लागिकन बितेका नौ दिनभित्रै १० भन्दा बढी मोटरसाइकल चोरीका घटना भएका बर्दिवास–७ का वडाध्यक्ष सुसलिङले बताए ।

इलाका प्रहरी कार्यालय बर्दिवासले मोटरसाइकल चोरीका घटना बढेको स्वीकार गरेको छ । “यसबीचमा एकपछि अर्को मोटरसाइकल चोरीका घटनाबारे पीडितबाट जानकारी आएको छ”, कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले भने, “प्रहरी मोटरसाइकल चोर्ने गिरोहको खोजीमा सूक्ष्म तवरले लागेको छ ।” प्रहरीको निरन्तर खोजले यो गिरोह पत्ता लगाइछाड्ने थापाको भनाइ छ ।

प्रहरीकै सक्रियतामा बर्दिवास–३ का रुद्र बोहराको मोटरसाइकल बिपी राजमार्गको खुर्कोटमा भेटिएको छ । मोटरसाइकल चोरेर भागेका चोरले प्रहरीले पिछा गरेको छनक पाएर खुर्कोटमा गाडी छाडेर भागेको प्रहरीले जनाएको हो । बोहराले आफ्नो मोटरसाइकल पाइसकेका छन् । अन्य मोटरसाइकलबारे खोजी जारी रहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

बर्दिवासमा पछिल्ला केही दिनयता भिखारी र कवाडी सामान उठाउने काममा लागेको देखाउने नौला मानिस निकै थपिएका छन् । प्रहरीले यिनीहरुबारे निगरानी बढाउनुपर्ने बर्दिवासका व्यापारीको सुझाव छ । यसअघि तीन वर्ष पहिले बर्दिवासमा अहिलेजस्तै मोटरसाइकल चोरीको बिगबिगी थियो । त्यतिखेर प्रहरीले सर्लाहीसम्म पुगेर मोटरसाइकल चोर्ने गिरोहको पहिचान गरी कारवाही गरेपछि यस्ता घटना पातलिएका बर्दिवास उद्योग वाणिज्य सङ्घका महासचिव भवनाथ खतिवडा बताउँछन् । प्रहरीले खोजीकार्य जारी राखेपछि गिरोह पत्ता लाग्ने बर्दिवासवासीको विश्वास छ ।

+ posts

सम्वन्धित समाचार

चीनबाट आइपुगयो भेरोसेल खोपको १० लाख २० हजार मात्रा नेपाल

काठमाडौं । चीनबाट कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको १० लाख २० हजार मात्रा नेपाल आइपुगेको छ। कोभ्याक्स अन्तर्गर्त नेपाल सरकारले...

माटोको ढिस्कोमा पुरिएर बालिकाको मृत्यु

जनकपुरधाम । सिरहामा माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ। बुधबार बिहान धनगढीमाई नगरपालिका–६ मा माटो खन्न गएकी...

ताजा समाचार

चीनबाट आइपुगयो भेरोसेल खोपको १० लाख २० हजार मात्रा नेपाल

काठमाडौं । चीनबाट कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको १० लाख २० हजार मात्रा नेपाल आइपुगेको छ। कोभ्याक्स अन्तर्गर्त नेपाल सरकारले...

माटोको ढिस्कोमा पुरिएर बालिकाको मृत्यु

जनकपुरधाम । सिरहामा माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ। बुधबार बिहान धनगढीमाई नगरपालिका–६ मा माटो खन्न गएकी...

इजलास बहिष्कार गरेका न्यायाधीशहरु फुल कोर्टको बैठकमा सहभागी

काठमाडौ । अघोषित रुपमा इजलास बहिष्कार गरेका सर्वोच्च अदालतका न्यायाधीशहरु प्रधानन्यायाधीशसहितको फुल कोर्टको बैठकमा...

‘देशको विकासको मोडालिटी शक्तिका पछाडि कुद्ने मात्रै भयो’

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शक्तिको पछाडि विकास कुद्ने परम्परालाई कायम नै राखेकाले विकासमा पछाडि परेको बताएकी छन्।

पूर्व प्रधानन्यायाधीशहरुको दैलोदैलोमा जबरा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले चार जना पूर्वप्रधानन्यायाधीशलाई उनीहरूकै घरमा पुगेर भेटेको खुलेको छ । दसैं बिदामा लगातार तीन दिन उनले पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर...