बाँकेमा ६४ हजार मत बदर

काठमाडौँ । यही मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा बाँकेबाट मात्रै ६४ हजार १ सय ३८ मत बदर भएको छ । बदर मतमध्ये प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ १५ हजार २ सय २१, प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष निर्वाचन प्रणालीको १२ हजार १ सय ५६, प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ १६ हजार २ सय ७० र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीको २० हजार ४ सय ९१ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

बाँकेको निर्वाचन क्षेत्र नं १ मा १ लाख २१ हजार १ सय मतदाता भएकामा खसेको मत ७५ हजार ९ सय ७४ थियो । खसेको सो मतमध्ये ७० हजार आठ सय ११ सदर भएको थियो भने पाँच हजार एक सय ६३ मत बदर भएको थियो । 

निर्वाचन क्षेत्र नं २ मा ९७ हजार आठ सय नौ मतदाता भएकामा ६७ हजार पाँच सय ११ मत खस्यो । खसेको मतमध्ये ६२ हजार ६ सय एक सदर भयो भने चार हजार नौ सय ५० बदर भयो । 

निर्वाचन क्षेत्र नं ३ मा एक लाख १३ हजार तीन सय २२ मतदाता भएकामा ७४ हजार एक सय ८२ मत खसेकामा ६९ हजार ७४ मत सदर भयो र पाँच हजार एक सय आठ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय बाँकेकी प्रमुख रमा पन्तले जानकारी दिनुभयो । 

निर्वाचन क्षेत्र नं १ को (१) मा ५५ हजार आठ सय ४५ मतदाता भएकामा ३३ हजार नौ सय पाँच मत खस्यो । खसेकामध्ये ३१ हजार ६ सय ९९ मत सदर र दुई हजार दुई सय ६ बदर भएको थियो । 

निर्वाचन क्षेत्र नं १ को (२) मा ६५ हजार दुई सय ५५ मतदाता भएकामा ४१ हजार दुई सय ४३ मत खसेको थियो । खसेका मतमध्ये ३९ हजार दुई सय ९५ मत सदर र एक हजार नौ सय ४८ मत बदर भयो । 

निर्वाचन क्षेत्र नं २ को (१) मा ५० हजार तीन सय १३ मतदाता भएकामा ३५ हजार ८ सय ६८ मत खसेको थियो । खसेकामध्ये ३३ हजार चार सय ८५ मत सदर र दुई हजार तीन सय ८९ मत बदर भएको थियो । 

निर्वाचन क्षेत्र नं २ को (२) मा ४७ हजार चार सय ९६ मतदाता भएकामा ३१ हजार पाँच सय ४५ मत खसेको थियो । खसेकामध्ये ३० हजार ५७ मत सदर र एक हजार पाँच सय ३८ मत बदर भयो । 

निर्वाचन क्षेत्र नं ३ को (१) मा ६१ हजार पाँच सय ९६ मतदाता भएकामा ४० हजार दुई सय ३२ मत खसेको थियो । सो मतमध्ये ३८ हजार एक सय ४५ मत  सदर र दुई हजार ८७ बदर भयो । 

निर्वाचन क्षेत्र नं ३ को (२) मा ५१ हजार सात सय २६ मतदाता भएकामा ३३ हजार सात सय ३५ मत खसेको थियो । खसेको मतमध्ये ३१ हजार सात सय ४७ मत सदर र एक हजार नौ सय ८८ मत बदर भएको थियो । 

प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ निर्वाचन क्षेत्र नं १ मा ७५ हजार सात सय ७२ मत खसेकामा ६९ हजार सात सय ५६ सदर र पाँच हजार सात सय सात बदर भएको छ । निर्वाचन क्षेत्र नं २ मा ६७ हजार आठ सय ९४ मत खसेकामा ६२ हजार पाँच सय ५३ मत सदर र पाँच हजार तीन सय ४१ मत बदर भएको छ । निर्वाचन क्षेत्र नं ३ मा ७४ हजार पाँच सय ३० मत खसेकामा ६९ हजार तीन सय आठ सदर र पाँच हजार दुई सय २२ बदर भएको छ । 

प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ निर्वाचन क्षेत्र नं १ को (१), १ को (२), निर्वाचन क्षेत्र नं २ को (१), २ को (२), निर्वाचन क्षेत्र नं ३ को (१), ३ को (२) मा कूल खसेको दुई लाख १६ हजार नौ सय दुई मतमध्ये एक लाख ९६ हजार चार सय ११ मत सदर र २० हजार चार सय ९१ मत  बदर भएको छ । रासस