जनगणक बन्न चाहने महिलाहरू धेरै

चितवन । आगामी १२औँ राष्ट्रिय जनगणनाका लागि चितवनमा दरबन्दीभन्दा करिब छ गुणा बढी दरखास्त परेको छ । चितवनमा गणक र सुपरीवेक्षकका लागि छ हजार ७९३ जनाको दरखास्त परेको हो । चितवनका जिल्ला जनगणना अधिकारी यज्ञमूर्ति भण्डारीले चितवनमा २०३ सुपरीवेक्षक तथा ८९५ गणकको दरबन्दी सिर्जना गरिएको जानकारी दिए । चितवनका लागि आवश्यक दरबन्दीभन्दा अनलाइनमार्फत फारम भर्नेको सङ्ख्या करिब छ गुणा बढी हो । त्यस्तै दरखास्त दिनेमा पुरुषको तुलनामा महिलाको सङ्ख्या दोब्बर छ ।

भण्डारीले चितवनमा जनगणनाका लागि तीन हजार ६१८ महिला, एक हजार ८६४ पुरुष तथा दुई जना अन्य लिङ्गीले अनलाइन फारम भरेको जानकारी दिए । जनगणना तयारीको काम तीव्ररूपमा अगाडि बढेको भन्दै जिल्लाका सात स्थानमा आगामी वैशाख १ गते स्थानीय जनगणना कार्यालय स्थापना गरिने उनले बताए। भण्डारीका अनुसार भरतपुरको भरतपुर–१०, भरतपुर–६ गीतानगर र भरतपुर–१८ चनौलीमा स्थानीय जनगणना कार्यालय स्थापना गरिँदैछ ।

त्यस्तै कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका हेर्ने गरी कालिकामा, रत्ननगर नगरपालिका लागि रत्ननगर नगरपालिकामा तथा राप्ती र खैरहनी हेर्ने गरी राप्ती नगरपालिकामा स्थानीय जनगणना कार्यालय स्थापना हुने भण्डारीले बताए । भण्डारीका अनुसार भरतपुरमा मात्रै ४६२ गणक र १०४ सुपरीवेक्षकको दरबन्दी रहेको छ । त्यस्तै माडीमा ५३ गणक र १४ सुपरीवेक्षक, रत्ननगरमा १२२ गणक र २४ सुपरीवेक्षक, कालिकामा १०५ गणक र २२ सुपरीवेक्षक तथा राप्तीमा १५३ गणक र ३९ सुपरीवेक्षक आवश्यक पर्छ ।

सुपरीवेक्षकका लागि चैत २० गते सम्पर्क मिति तोकिएको भण्डारीले बताए । उनले सुपरीवेक्षकलाई वैशाख १६ देखि २२ गतेसम्म तालिम दिइने तथा वैशाख १६ देखि जेठ १४ गतेसम्म घरपरिवार सूचीकरणको काम हुने जानकारी दिए । जेठको १० देखि १४ गतेसम्म गणक नियुक्ति तथा १७ देखि २२ सम्म तालिम हुने उनले बताए ।

मुख्य गणना भने २०७८ जेठ २५ देखि असार ८ गतेसम्म हुने भन्दै असार ८ गते नै १२औँ राष्ट्रिय जनगणना दिवस मनाइने भण्डारीले बताउनुभयो । असोज मसान्तसम्म प्रारम्भिक नतिजा सार्वजनिक गरिने भण्डारीको भनाइ छ । त्यस्तै २०७९ वैशाखबाट अन्तिम नजिता प्रकाशन हुने कार्यसूची रहेको उहाँले बताउनुभयो । यसपटक १४ वटा विषयमा विषयगत प्रतिवेदन प्रकाशन हुनेछ ।

+ posts

सम्वन्धित समाचार

दशैमा सरकारी सवारी साधनको दुरुपयोग हेर्ने कसले ?

काठमाडौं । सरकारले निजामती कर्मचारीलाई दिने सेवा सुविधाको मापदण्ड बनाएको भएपनि त्यस्तो सुविधा मापदण्ड विपरित प्रयोग गर्ने गरिएको पाईन्छ । सरकारले सचिव,...

नेपाल स्थित राजदूतावासले पठायो दशैको शुभकामना : सम्पादकहरुलाई रक्सी उपहार

काठमाडौं । यतिखेर नेपालीहरुको महान चाड दशैं भव्य रुपमा देशभर मनाईरहेका छौं । करीव एकसाता लामो सार्वजनिक विदा सरकारले दिएको छ ।...

ताजा समाचार

दशैमा सरकारी सवारी साधनको दुरुपयोग हेर्ने कसले ?

काठमाडौं । सरकारले निजामती कर्मचारीलाई दिने सेवा सुविधाको मापदण्ड बनाएको भएपनि त्यस्तो सुविधा मापदण्ड विपरित प्रयोग गर्ने गरिएको पाईन्छ । सरकारले सचिव,...

नेपाल स्थित राजदूतावासले पठायो दशैको शुभकामना : सम्पादकहरुलाई रक्सी उपहार

काठमाडौं । यतिखेर नेपालीहरुको महान चाड दशैं भव्य रुपमा देशभर मनाईरहेका छौं । करीव एकसाता लामो सार्वजनिक विदा सरकारले दिएको छ ।...

दशैंको टीका : पूर्णिमासम्म टिका लगाउन सकिने

काठमाडौं । शुक्रबार मान्यजनबाट टीका, जमरा तथा प्रसाद ग्रहण गर्दै हिन्दु धर्मावलम्बीहरुको महान पर्व वडादशमी मनाइएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले...

महाअष्टमीमा खसी र छोरा दुवैलाई छप्काएका निमबहादुरको कथा

सल्यान । महाअष्टमीमा खसी र छोरा दुवैलाई छप्काएका निमबहादुर एक बाबु हुन् । नेपालमा यस्तो प्रतिनिधि घटना यदाकदा घटिरहेका हुन्छन् । मासुको...

सभामुख सकेसम्म तटस्थ बस्छु भन्छन्, नसके नि ?

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदको अवरोध हटाउन सकेसम्म तटस्थ बस्ने बताएका छन् । प्रश्न उब्जन्छ नसके नि ? नसके कसैको पक्ष...