सालको काठसहितको ट्याक्टर प्रहरीद्वारा बरामद

काठमाडौं । ढुङ्गामुनि लुकाएर लाँदै गरेको सालको गोलिया काठ सहितको ट्याक्टर सशस्त्र प्रहरीले बरामद गरेको छ ।

चन्द्रपुर नगरपालिका ३ को गैडाटारबाट लोड गरेर वडा १० बालचनपुर लाँदै गरेको अवस्थामा ना ४त ८३६६ नम्बरको ट्र्याक्टर सशक्त प्रहरीको टोलीले बरामद गरेको हो । बालचनपुरका चिरानमिल सञ्चालक मुकेश साहले ५ थान सालको गोलिया ढुङ्गा मुनी लुकाएर ट्रेक्टर लोड लाँदै गरेको सूचनाको आधारमा सन्तपुर स्थित सशस्त्र बेसकाको प्रहरी टोलीले बरामद गरेको हो ।

बरामद काठ सहितको ट्याक्टर डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ । ट्याक्टर चालक चन्द्रपुर १० का २३ वर्षका फिरोज मन्सुरी पक्राउ परेको तथा ट्याक्टर धनी चिरान मिल सञ्चालक मुकेश साह सशस्त्र प्रहरीलाई देख्नासाथ फरार भएको थियो ।

बरामद ५० क्युफिट सालको गोलिया काठ, ट्र्याक्टर र चालक नियन्त्रणमा रहेको तथा आवश्यक अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख सुनिल कर्णले जानकारी दिएका छन् ।