सत्ताको मातमा ओलीले माधव नेपाललाई सोधे ५ बुँदे स्पष्टीकरण

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बरिष्ठ नेता माधवकुमार नेपालसहित संघका २७ र प्रदेशका ५ सांसदलाई स्पष्टीकरण सोधेका छन् । पत्रमा अरु नेताहरुलाई भन्दा माधव नेपालमाथि थप आरोप लगाइएको छ ।

अध्यक्ष ओलीले संघ र प्रदेशका गरी ३२ जनालाई मंगलबार छुट्टाछुट्टै पत्र पठाउँदै स्पष्टीकरण सोधेका हुन् । ओलीले वरिष्ठ नेता नेपाललाई सोधेको स्पष्टीकरणमा कर्णाली प्रदेशका प्रदेश सांसदहरुलाई उचालेको, भड्काएको र पार्टी अनुशासनहीन गतिविधि गर्न लगाएको आरोप लगाइएको छ ।

नेता नेपाललाई सोधिएको ५ बुँदे स्पष्टीकरणको चार नम्बर बुँदामा ‘तपाईले कर्णाली प्रदेशसभामा प्रदेशसभाका सदस्यहरुलाई उचाल्दै, भड्काउँदै अनुशासनहीन अराजक एवं पार्टी विरोधी क्रियाकलाप गर्न दुरुत्साहन गर्ने, फ्लोर क्रस गरी पार्टीको ह्वीप उलंघन गर्दै मतदान गर्न निर्देशन दिनेजस्ता अनुशासनहीन र अपराधिक कार्यसमेत गरे गराएकाले तपाईलाई पार्टी वा पार्टीको संसदीय दल परित्याग गरिएतापनि दल त्याग गरेको किन नभन्ने रु’ भनिएको छ ।

त्यस्तै ५ नम्बर बुँदामा पार्टी तथा आफ्नो सरकारको विरुद्धमा विभिन्न अवाञ्छित क्रियाकलाप निरन्तर गरिरहेको, घोषित रुपमा नयाँ राजनीतिक दलको स्वरुपमा गतिविधि गरी पार्टीको निर्णय, नीति र नेतृत्वविरुद्ध शत्रुवत् ढंगले प्रस्तुत गरी दुश्प्रचार र भ्रम फिँजाउने कार्य किन गर्नुभएको भनेर प्रश्न गरिएको छ ।

नेता नेपालसहितका नेताहरुलाई दुई दिनभित्र स्पष्टीकरण दिन भनिएको छ । नेता नेपाललाई यसअघि पनि स्पष्टीकरण सोधिएकोमा सच्चिनुको साटो उस्तै गतिविधिमा लागेको भन्दै सच्चिन अन्तिम अवसरका रुपमा स्पष्टीकरण सोधिएको उल्लेख छ ।

+ posts

सम्वन्धित समाचार

प्रचण्ड माधव फकाउन ओलीभन्दा अगाडि

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधव कुमार नेपालीबीच आज पनि भेटवार्ता भएको छ । अध्यक्ष ओलीसँग...

ओली नेपालबीच वार्ताको हाउगुजी, नेपाल पक्ष भन्छ हामीलाई थाहा छैन

काठमाडाैं । एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आज ‘वान टु वान’ भेटवार्ता हुने भनिएको छ। आजका...

ताजा समाचार

प्रचण्ड माधव फकाउन ओलीभन्दा अगाडि

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधव कुमार नेपालीबीच आज पनि भेटवार्ता भएको छ । अध्यक्ष ओलीसँग...

ओली नेपालबीच वार्ताको हाउगुजी, नेपाल पक्ष भन्छ हामीलाई थाहा छैन

काठमाडाैं । एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आज ‘वान टु वान’ भेटवार्ता हुने भनिएको छ। आजका...

पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा

काठमाडौं । नेपाली क्रिकेटका पूर्वकप्तान पारस खड्का एक चिरपरिचित नाम हो । उनले नेपाली क्रिकेटका लागि दिएको योदान अतुलनीय छ । उनै...

नागरिक उड्डयन प्राधिकरणलाई खण्डीकरण गरिने

काठमाडाैं । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई खण्डीकरण गर्नेगरी दुईओटा विधेयक सोमवार राष्ट्रियसभाबाट पारित भएका छन् । यससँगै लामो समयदेखि प्राधिकरणलाई हवाई सेवाप्रदायक...

मेलम्ची खानेपानी आयोजनाको अर्बाैं रूपैयाँ लगानी जोखिममा

काठमाडाैं । मेलम्ची खानेपानी आयोजनामा भएको झन्डै ५१ अर्ब रूपैयाँ लगानी बाढीपहिरोका कारण जोखिममा परेको छ। मेलम्ची नदीको जलाधार क्षेत्रमा बाढीपहिरो आउँदा...