गजल-एअरपोर्टको लाममा

लोकराज अधिकारी

एअरपोर्टको लाममा छन् लायक हिराहरू
सत्ताको खेलमा छन् नालायक किराहरू ।

भ्रमबाट मुक्त बनौँ देख्न छोडी सके यिनले
नागरिकका मुटु अनि छातीका चिराहरू ।

राजनेता हुँदै हैनन् यी सबै सौदागर हुन
सिङ्गो देश नेपाल अनि जनता पिराहाहरु ।