गीत – वास्तै नगर्नी

 लोकराज अधिकारी 
टाढा हुँदा भेट्ने मन गर्नी ,नजिक पर्दा वास्तै नगर्नी
हैन तिम्रो के हो पारा यो , ओइ तिम्रो के हो पारा यो
भेट्नु पर्छ छिट्टै भन्नी , तड्पिएको  जस्तै गर्नी
वास्तै  नगर्नी , ए कालु वास्तै  नगर्नी  ।

मनले यहि भन्छ ,जोडी हाम्रो जम्छ
सुन्यौ मायालु ,ओइ बुझ्यौ मायालु
एउटै थालमा खाउँला सँगै टिकटक बनाउला
जोडी बाँधेर ओइ  ओइ जोडी बाँधेर
जलाउला दुनियाँलाई सँगै नाचेर ।

कस्ले के के भन्छ किन सुन्नु पर्‍या छ
मेरो मायालु ,ओइ प्यारो मायालु
कि त टाउको हल्लाऊ है कि त कुम ठोक्काऊ है
हुन्छ हुँदैन, ओइ हुन्छ हुँदैन ?
निधो अब चाहियो है धेरै कुर्दिन ।