गीतकार अधिकारी र संगीतकार शाक्यको नेपाली क्रिकेट जिन्दावाद सार्बजनिक

काठमाडौँ । आइसिसी टी २० विश्वकपमा नेपालले मङ्गलवार जुन ४ मा   अमेरिकाको टेक्ससमा नेदरल्याण्डससँग  पहिलो खेल खेल्दै छ  । १० वर्षपछि टी–२० विश्वकपमा छनोट भएर खेल्न लागेको नेपाली क्रिकेटको सम्मान र खेलाडीको हौसलाका लागि प्रसिद्ध गीतकार लोकराज अधिकारीको शब्दमा क्रिकेट गीत सार्वजनिक भएको छ ।

नेपाली क्रिकेट जिन्दाबाद नेपाली खेलाडी धन्यवाद बोलको गीतमा प्रसिद्ध सङ्गीत संयोजक समेत रहेका गायक तथा सङ्गीतकार साहस शाक्यको स्वर, सङ्गीत, सङ्गीत संयोजन र मिक्सीङ रहेको छ । गीतमा डिएभी स्कुलमा कक्षा ४ मा अध्ययनरत ९ वर्षकी बाल गायिका  सुदेश्ना शाक्यले मंगलोच्चारण सहित स्वर दिएकी छन् ।

गीतमा आवाजको दुनियाँको साथी दिनेश डिसीको भिओ स्वर रहेको छ । गीत शाक्यको आफ्नै आधिकारिक च्यानलबाट सार्वजनिक गरिएको हो । गीतको प्रस्तुत कर्ता सुदेश्ना इन्टरटेनमेन्ट प्रा ली रहेको छ ।

विश्वकपमा रोहितकुमार पौडेलको कप्तानीमा आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्शन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी ले खेल्दै छन् ।  नेपालले जुन ११ मा फ्लोरिडामा श्रीलंकासँग, जुन १४ मा सेन्ट भिनसेन्टमा दक्षिण अफ्रिकासँग र जुन १६ मा सेन्ट भिनसेन्टमै बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।

ताजा अपडेट