चन्द्रागिरीमा पृथ्वीनारायण शाहको सालिक अघि सर्जकको सिर्जना

काठमाडौँ । राष्ट्रिय एकता दिवस तथा ३०४औँ पृथ्वी जयन्तीको अवसरमा चन्द्रगिरीमा कवि गोष्ठी सम्पन्न भएको छ । दिवसका अवसरमा नेपालका इतिहासकार, वरिष्ठ कवि एवं सर्जकहरूले भने फरक तर सिर्जनात्मक शैलीमा पृथ्वीनारायण शाह तथा नेपालको राष्ट्रियतासम्बन्धी रचनाहरू प्रस्तुत गरेका थिए । कवि गोष्ठीमा सर्जकहरूले पृथ्वीनाराण शाहले सुरु गरेको नेपाल एकीकरण अभियानको इतिहाससँगै जोडिएर आउने काठमाडौँको चन्द्रागिरि डाँडामा पुगेर त्यहाँस्थित पृथ्वीनारायणको सालिकसामु उनको योगदान तथा नेपालको राष्ट्रियतासम्बन्धी सृजना तथा रचनाहरू प्रस्तुत गरेका हुन् ।

चन्द्रागिरिस्थित पृथ्वीनारायण शाहको सालिक परिसरमा आयोजित कार्यक्रममा इतिहासकार प्रा डा दिनेशराज पन्तले पृथ्वीनारायण शाहले यही डाँडाबाट काठमाडौँ उपत्यकाको सुन्दरता देखेपछि कीर्तिपुरसहित काठमाडौँ खाल्डोलाई गोरखा राज्यअन्तर्गत एकीकरण गर्ने योजना बनाएको इतिहास सुनाएका थिए ।

चन्द्रागिरि डाँडा नेपाल एकीकरणको अभियानसँगै जोडिएर आउने एक ऐतिहासिक स्थल रहेको बताउँदै उहाँले हामी सबैलाई नेपाल र नेपालीको पहिचान दिलाउने एक वीर योद्धा तथा राष्ट्र निर्माताका रूपमा पृथ्वीनारायण शाहको स्मरण गरे ।
सो गोष्ठीमा कवि एसपी कोइराला, दिनेश अधिकारी, राजुबाबु श्रेष्ठ, मणि लोहनी, एलिसा ढुङ्गाना, अनिता कोइराला, हेम प्रभाष लगायतलको आआप्नो पृथ्वीनारायण शाहसँग सम्वन्धित सिर्जना प्रस्तुत गर्नु भएको थियो ।