तरकारीको बिक्रीमा कमी आए पनि भाउ घटेन

काठमाडाैं । निषेधाज्ञा भएपछि तरकारी तथा फलफूलकाे बिक्री घटेकाे छ । नेपाली बजारमा काठमाडाैंमा पहिले बिक्ने गरेकाे भन्दा कम तरकारी बिक्न थालेकाे हाे । बिक्री घटे पनि तरकारीकाे भाउ भने घटेकाे छैन । काठमाडाैं उपत्यकामा बसाेबास गर्ने चारलाख मानिस अहिले गृहजिल्लामा छन् । त्यसै कारण पनि बिक्रीमा कमी भएकाे हाे ।  ६० प्रतिशत नेपाली र ४० प्रतिशत भारतीय तरकारी तथा फलफूलले कब्जा जमाएको कालीमाटी फलफूल तथा तरकारी बजारमा ५० प्रतिशतले बिक्री घटेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत रहेको कालीमाटी फलफूल तथा तरकारी बजार समितिद्वारा सञ्चालित सो बजारमा थोक तथा खुद्रा उपभोक्ता जान छाडेपछि बिक्री घटेको समितिका कार्यकारी निर्देशक विनोद भट्टराईले बताए ।

“निषेधाज्ञा सुरु भएको दुई÷तीन दिन सामान्य समयभन्दा बढी बिक्री वितरण भएको थियो । ​ त्यसपछि घट्दै गयो, अहिले आधामा झरेको छ,” उनले भने, “आवागमन कम भयो, होटेल पार्टी प्यालेस बन्द भए र थुप्रै मान्छे काठमाडौँ छाडेर हिँडिसकेकाले एकाएक बिक्रीमा कमी आएको छ ।”  पहिला दैनिक करिब नौ सय मेट्रिक टन तरकारी तथा फलफूल बिक्री हुन्थ्यो, अहिले चार सय मेट्रिक टनमा झरेको छ, उनले बताए । बिक्री वितरण कम हुँदा यसको सीधै असर किसानमा पर्छ । गाेरखापत्र दैनिकमा समाचार छ कि  पोखरा, चितवन, बाँके लगायतका जिल्लामा उत्पादन भएका तरकारी बिक्री नहुँदा खेतमै कुहिरहेका छन् ।

+ posts

सम्वन्धित समाचार

सांसद प्रदीप गिरि भन्छन्, विदेश नीतिमा साझा धारणा बनाउॅ

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले सबैभन्दा पहिले साझा विदेश नीति बनाउनुपर्ने बताएका छन् । अमेरिकी परियोजना एमसीसी सम्झौता खारेजको माग...

तुइन काट्ने भारतीय सुरक्षाकर्मीको कदम अमानवीय : भीम रावल

काठमाडौं । दार्चुलास्थित सीमानदी महाकालीमाथि एकजना नेपाली सवार तुइन काट्ने भारतीय सुरक्षाकर्मीको कदमलाई जति निन्दा गरे पनि कम हुन्छ । यो कदमलाई...

ताजा समाचार

३३ किलो सुन काण्डका भोजराज भण्डारी पक्राउ

काठमाडौं ।३३ किलो सुन काण्ड ओली सरकारको पालामा खुबै चर्चामा रह्यो । नयां सरकार बनेपछि सानो भुरा भने पनि समातिएका छन् ।...

खोप लुकाएर चैन गरिरहेका खड्का पक्राउ

झापा । सबै नागरिक खोपको लागि तड्पिरहेका छन् । तर, माफियाहरु भने खोप लुकाएर चैन गरिरहेका छन् । कोरोनाविरुद्धको खोप पाउन सर्वसाधारण...

माधव नेपालको दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार गर्न सकिन्न : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षले राखेको दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार गर्न नसकिने बताएका छन्।