आफू प्रधानमन्त्री बनिरहने अवस्था नरहे संसद् विघटनकै पक्षमा छन् ओली

काठमाडाैं । संसदबाट विश्वास गुमाए पनि संविधानको धारा ७६ (३) बाट ठूलो दलको हैसियतले फेरि प्रधानमन्त्री बनेका केपी ओलीको सरकारको भविष्यबारे यतिबेला माधव नेपाल समूह र जसपाको ठाकुर समूह निर्णायक देखिन्छ। नेपाल समूह र जसपा ठाकुर समूहले विश्वासको मतको पक्षमा मतदान गरेपछि ओलीले दुई वर्षसम्म सत्ता चलाउन सक्नेछन्। तर, बीचबाटोमा जसपा बाहिरिएमा धारा ७६ को कुनै धाराबाट पनि प्रधानमन्त्री बन्न नसक्ने अवस्था आएमा संसद् विघटन हुनेछ।  प्रधानमन्त्री ओलीको अन्तिम उद्देश्य पनि संसद् विघटन गरेर मध्यावधिमा नै जाने हो, तर नेपाल समूह र जसपाले साथ दिइरहयो भने संसद् विघटन हुनेछैन। सत्तामा रहने मान्छेले आफू सत्तामा रहिरहन पाए हुन्थ्यो भन्ने चाहना राख्ने भएका कारण ओलीले आफू प्रधानमन्त्री बनिरहने भएमा सत्ता साझेदारबाट कोही बाहिरिए पनि उनले अन्य दललाई साथमा लिएर सरकार गठन गर्न भने सक्नेछन्। आफू प्रधानमन्त्री बन्ने अवस्था नभएमा संसद्लाई विघटन नै गर्नेगरी उनी अघि  बढ्ने रणनीति कायमै रहेको स्रोतले बतायो।

संसद् विघटन गरेका कारण संसद्भित्रका कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी डा। बाबुराम भट्टराई र उपेन्द्र यादव समूहले ओली नेतृत्वको सरकारप्रति रुष्ट छ। संसद्बाट हटाउन नसके पनि यो समूहको एकता आगामी निर्वाचनसम्म हुनपुग्यो भने पनि ओलीको राजनीति असफल हुने भएका कारण उनले यसबीचमा माओवादी केन्द्रलाई पनि साथमा ल्याउन सक्लान् कि भन्ने चासो पनि उब्जिएको छ।  जसपा ठाकुर समूहसँग सहमति गरिसकेका ओलीले यतिबेला एमालेभित्रको असन्तुष्ट समूहको माग सम्बोधनमा ध्यान केन्द्रित गरेकाले पार्टीभित्रको विवाद समाधानमा भयो भने उनले अवश्य पनि अर्को बाटो बनाउनुपर्ने विष्लेषकहरूको भनाइ छ। माओवादी केन्द्रले यतिबेला कसरी आफ्नो तर्फबाट भूमिका खेल्नेबारे गृहकार्य गरिरहेको स्रोतले बताएको छ। नागरिक दैनिकमा खबर छ ।

+ posts

सम्वन्धित समाचार

एमालेमा बाहुबली संगठनको घोषणामा प्रतिस्पर्धा

काठमाडौं । नेकपा एमालेका दुवै पक्षमा पछिल्लो समय बाहुबली संगठनको घोषणामा प्रतिस्पर्धा जस्तै चलेको छ। संस्थापन पक्षले युथफोर्स...

कांग्रेस र कम्युनिष्टबीच भिन्नता छैन : कमल थापा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनताको रोजाइमा राप्रपा रहनुपर्ने बताएका छन्। काठमाडौंको क्षेत्र नं ५ मा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष...

ताजा समाचार

एमालेमा बाहुबली संगठनको घोषणामा प्रतिस्पर्धा

काठमाडौं । नेकपा एमालेका दुवै पक्षमा पछिल्लो समय बाहुबली संगठनको घोषणामा प्रतिस्पर्धा जस्तै चलेको छ। संस्थापन पक्षले युथफोर्स...

कांग्रेस र कम्युनिष्टबीच भिन्नता छैन : कमल थापा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनताको रोजाइमा राप्रपा रहनुपर्ने बताएका छन्। काठमाडौंको क्षेत्र नं ५ मा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष...

ओली विक्षिप्त भएकाले उनलाई बरबराउन छुट छ : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कार्यकर्ताले राम्ररी चिनिसकेकाले उनको साथ छोड्न थालेको बताएका छन्।...

तत्काललाई टर्यो कांग्रेसको सबै तहका अधिवेशन

काठमाडौँ । नेपाली कांग्रेसका सबै तहका अधिवेशन स्थगित भएका छन्। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानलिकण्ठमा शनिबार बसेको पदाधिकारी...

जेठाजुद्वारा बुहारीको हत्या

वीरगञ्ज । खेतमा कमाएर ल्याएको पैसाको विषयमा विवाद हुँदा बाराको महागढीमाई नगरपालिकामा एक महिलाको हत्या भएको छ। महागढीमाई नगरपालिका–७...