राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा संक्रमित सांसदले पनि मतदान दिन पाउने

काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा कोरोना संक्रमित मतदाताले पनि भोट हाल्न मिल्ने व्यवस्था मिलाएको छ । उपनिर्वाचनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड, २०७८ स्वीकृत गर्दै आयोगले कोरोना संक्रमित मतदातालाई मतदान व्यवस्था मिलाएको हो । आयोग प्रवक्ता राजकुमार श्रेष्ठले मतदाताले ७२ घण्टाअघि पीसीआर परीक्षण रिपोर्ट देखाउनुपर्नेसमेत प्रस्ट पारेका छन् । ‘उपनिर्वाचनमा मतदान गर्न जाँदा ७२ घण्टाअघिको पीसीआर रिपोर्ट साथमै लैजानुपर्छ, रिपोर्ट अनिवार्य छ,’ उनले राजधानीस“ग भने, ‘तथापि पोजेटिभ रिपोर्ट भएकालाई पनि मतदान गर्न पाउने व्यवस्था भने गरिएको छ ।’

आयोगका अनुसार कोरोना संक्रमित मतदाताका लागि फरक मतदान केन्द्र व्यवस्था गरिएको छ । केन्द्रमा मतदान गर्न जाने सबैले अनिवार्य फेससिल्ड, पन्जा र मास्क लगाउनुपर्नेछ । यसैगरी, मतदान केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक, मतदान प्रतिनिधिले अनिवार्य पीपीई प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ । मतदानस्थलमा आवश्यक स्वास्थ्य सामग्रीसहित दुई स्वास्थ्यकर्मी रहेको हेल्थ–डेस्कसमेत स्थापना गरिने आयोगले जनाएको छ । मतदानस्थलमा प्रवेश गर्नुअघि साबुनपानीले हात धुने, सेनिटाइजर प्रयोग र मास्क लगाएर मात्र प्रवेश पाइनेछ । राजधानी दैनिकबाट ।
+ posts

सम्वन्धित समाचार

देउवा सरकारले दादागिरी देखाउन थाल्यो : ओली

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकार ‘प्रतिगामी’ भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गरेका छन् । साथै उनले सरकारले...

ऋचा चड्ढा भन्छिन्, पतिको अपराधमा शिल्पालाई दोषी मान्नु गलत

मुम्बई। राज कुन्द्राको अपराध काण्डमा बलिउडका दर्शकले उनकी पत्नी शिल्पा शेठ्ठीमाथि दुर्व्यवहार गर्दै आएका छन् । पति राज कुन्द्रा पोर्न फिल्मको...

ताजा समाचार

देउवा सरकारले दादागिरी देखाउन थाल्यो : ओली

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकार ‘प्रतिगामी’ भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गरेका छन् । साथै उनले सरकारले...

ऋचा चड्ढा भन्छिन्, पतिको अपराधमा शिल्पालाई दोषी मान्नु गलत

मुम्बई। राज कुन्द्राको अपराध काण्डमा बलिउडका दर्शकले उनकी पत्नी शिल्पा शेठ्ठीमाथि दुर्व्यवहार गर्दै आएका छन् । पति राज कुन्द्रा पोर्न फिल्मको...

भदौबाट सवारी चालक अनुमति पत्र खुल्ने

काठमाडौं । यातायात व्यवस्था विभागले भदौबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) खुलाउने तयारी गरेको छ । यसअघि प्रदेश सरकारले कुनै निर्णय नगरेकाले...

के के छन् माओवादी केन्द्रको स्थायी कमिटी बैठकको एजेण्डा ?

काठमाडाैं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक चलिरहेको छ । सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र) को जारी स्थायी कमिटी बैठकमा दुई...

प्रचण्ड र नेपालबीच कोटेश्वरमा यसअर्थ चलिरहेछ वार्ता

काठमाडौं । आज नेकपा एमालेमा वारपार गरिने भनिएको छ । एमालेमा वारपार हुनुअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले नेता माधव...