खाली सिलिन्डर बझाङ पुगे, भर्न नेपालगन्ज पाठाउने

काठमाडाैं । सरकारी संयन्त्रले होइन, सांसदहरूले आ–आफ्नो पहुँचको आधारमा सिलिन्डर बोकेर हिँड्दा के फरक पर्छ भन्ने उदाहरण बझाङमा देखिएको छ । सांसद आशा विकले काठमाडौंबाट जिल्ला अस्पताल बझाङ पुर्‍याएका सिलिन्डर खाली भेटिएका छन् । अब फेरि सिलिन्डर भर्न गाडीबाट ढुवानी गरेर नेपालगन्ज पुर्‍याउने तयारी छ ।  कोभिड महामारीले जिल्लामा अक्सिजन अभाव भइरहेका वेला सांसद विकले आफ्नो जिल्लामा सात सिलिन्डर पठाएकी थिइन् । तर, पर्याप्त समन्वय नभएकाले सिलिन्डर भर्दै नभरी जिल्ला पुर्‍याइएको हो ।

‘चीन सरकारले अनुदान दिएका चार सय सिलिन्डरहरूमध्ये दाङ जिल्लाकी सांसद गंगा चौधरी र मैले सात–सात थान खाली सिलिन्डर बुझेका हौँ । मैले जिल्ला अस्पतालका डाक्टर सन्दीप ओखेडासँग परामर्श गरी सिलिन्डर जिल्लामा पठाएकी हुँ,’ सांसद आशा विकले भनिन् ।  जिल्ला अस्पतालका डाक्टर सन्दीप ओखेडाले पनि सांसद विक र आफूबीच टेलिफोनमा संवाद भएपछि खाली सिलिन्डर भए पनि जिल्लामा पठाउन आग्रह गरेको बताएका छन् । उनले भने, ‘सिलिन्डर आएका छन् । अब एक–दुई दिनमै भर्नका लागि नेपालगन्ज पठाउने तयारी छ ।’ यसरी काठमाडौंबाट नेपालगन्ज हुँदै ४८ घन्टापछि बझाङ पुगेका सिलिन्डर फेरि एक दिनको बाटो गाडीमा ढुवानी गरेर नेपालगन्ज पठाउन थालिएको छ ।

जिल्ला अस्पताल बझाङमा पिसिआर र एन्टिजेनमार्फत कोरोना परीक्षण भइरहेकोमा करिब ३० प्रतिशतमा रिपोर्ट पजिटिभ आउने गरेको छ । जिल्लामा महामारी अझै फैलिन सक्ने र अक्सिजन अभाव हुन सक्ने स्वास्थ्य कार्यालय बझाङका सूचना अधिकारी नारायण जोशीले बताए । ‘जिल्लामा हालसम्म तीन हजार ३४ जनामा परीक्षण गर्दा एक हजार दुईजनाको रिपोर्ट पजिटिभ आएको छ । १५ जनाको ज्यान गएको छ । अहिले आठ सय ८४ जना सक्रिय संक्रमित छन्,’ उनले भने । नयाँ पत्रिका दैनिकबाट

+ posts

सम्वन्धित समाचार

एमालेमा बाहुबली संगठनको घोषणामा प्रतिस्पर्धा

काठमाडौं । नेकपा एमालेका दुवै पक्षमा पछिल्लो समय बाहुबली संगठनको घोषणामा प्रतिस्पर्धा जस्तै चलेको छ। संस्थापन पक्षले युथफोर्स...

कांग्रेस र कम्युनिष्टबीच भिन्नता छैन : कमल थापा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनताको रोजाइमा राप्रपा रहनुपर्ने बताएका छन्। काठमाडौंको क्षेत्र नं ५ मा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष...

ताजा समाचार

एमालेमा बाहुबली संगठनको घोषणामा प्रतिस्पर्धा

काठमाडौं । नेकपा एमालेका दुवै पक्षमा पछिल्लो समय बाहुबली संगठनको घोषणामा प्रतिस्पर्धा जस्तै चलेको छ। संस्थापन पक्षले युथफोर्स...

कांग्रेस र कम्युनिष्टबीच भिन्नता छैन : कमल थापा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनताको रोजाइमा राप्रपा रहनुपर्ने बताएका छन्। काठमाडौंको क्षेत्र नं ५ मा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष...

ओली विक्षिप्त भएकाले उनलाई बरबराउन छुट छ : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कार्यकर्ताले राम्ररी चिनिसकेकाले उनको साथ छोड्न थालेको बताएका छन्।...

तत्काललाई टर्यो कांग्रेसको सबै तहका अधिवेशन

काठमाडौँ । नेपाली कांग्रेसका सबै तहका अधिवेशन स्थगित भएका छन्। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानलिकण्ठमा शनिबार बसेको पदाधिकारी...

जेठाजुद्वारा बुहारीको हत्या

वीरगञ्ज । खेतमा कमाएर ल्याएको पैसाको विषयमा विवाद हुँदा बाराको महागढीमाई नगरपालिकामा एक महिलाको हत्या भएको छ। महागढीमाई नगरपालिका–७...