देउवा निधि सम्बन्ध चिसिनुको राज

काठमाडौं । संघ हुँदै पार्टी राजनीतिमा सक्रिय रहेका शेरबहादुर देउवा र विमलेन्द्र निधि सुरुमा कांग्रेसभित्रको फरक गुटमा थिए । पछि यी एकै गुटमा सामेल भए । हाल यी दुवै नेताको सम्बन्ध चिसिएको छ । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको दोस्रो अध्यक्ष हुन् शेरबहादुर देउवा । देउवापछि संघको नेतृत्वमा विमलेन्द्र निधि पुगे । जनकपुरमा भएको संघको महाधिवेशनबाट पार्टी नेता बिपी कोइरालाको प्रस्तावमै निधि संघको अध्यक्ष बनेको कांग्रेस नेताहरू बताउँछन् ।

देउवा कोइराला गुटसँग नजिक थिए भने निधि कृष्णप्रसाद भट्टराईसँग । तर पछि परिस्थितिले दुवै नेता एउटै समूहमा सहभागी भए ।  कांग्रेसको २०५३ मा भएको महाधिवेशनमा गिरिजाप्रसाद कोइरालाविरुद्ध चिरञ्जीवी वाग्लेले सभापतिमा उम्मेदवारी दिए । २०५१ मै कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहसहितका नेताहरूको प्रतिनिधित्व गर्दै कांग्रेसका ३६ सांसदले पार्टी नेता गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार गिराउन भूमिका खेलेका थिए ।

२०५७ को पोखरा महाधिवेशनमा फेरि गिरिजाप्रसाद कोइराला नै उम्मेदवार बन्ने भए । कोइरालाविरुद्ध भट्टराई पक्षबाट रामचन्द्र पौडेललाई सभापतिको प्रत्याशी बन्न आग्रह गरिएको बताउँदै निकट एक नेताले भने, ‘कोइरालाविरुद्ध उहाँ उम्मेदवार बन्न तयार नभएपछि शेरबहादुर देउवालाई हाम्रो समूहबाट सभापतिमा उम्मेदवार बनाएका हौं । त्यसपछि देउवा र निधि एउटै समूहमा मात्र होइन, एकअर्काको परिपूरकका रुपमा काम गर्दै आउनुभएको छ ।’

देउवालाई सभापतिदेखि अहिलेको अवस्थामा पुर्‍याउन र निधिलाई उपसभापतिसम्मको जिम्मेवारीमा पु¥याउन दुवैको महत्वपूर्ण सहयोग र भूमिका रहेको उनले बताए । पार्टीको १३औं महाधिवेशनपछि भने दुई नेताबीचको सम्बन्धमा बिस्तारै चिसोपन आउन थालेको जानकारी दिँदै निकट सदस्यले भने, ‘पुष्पकमल दाहाल नेतृत्व सरकारमा निधिजी उपप्रधान तथा गृहमन्त्री बन्नुभयो । त्यस बेला नेपाल प्रहरीको प्रमुख नियुक्तिलाई लिएर दुई नेताबीच करिबकरिब सम्बन्ध विच्छेदकै अवस्थामा पुगेको थियो ।’

सभापतिले अघि सारेको व्यक्तिलाई निधिले अस्वीकार गरेपछि बढेको चिसो निकटका नेताको समझदारीमा टुंग्याए पनि पहिले जस्तो आत्मीय बन्न नसकेको निकटहरूको बुझाइ छ । दुवैलाई एकअर्काको आवश्यकता रहेकाले एक ठाउँमा उभिए पनि पुरानै अवस्था नभएको बताउँदै उनले भने, ‘एक वर्षअघि निधिले सभापतिको उम्मेदवार बन्ने भन्दै देउवासँग सहयोग मागेपछि दुई नेताबीचको सम्बन्ध औपचारिक मात्र छ ।’ त्यसअघि हरेक निर्णय लिनुअघि देउवाले निधिसँग छलफल गर्ने गरेको जानकारी दिँदै उनले भने, ‘त्यसपछिका दिनमा उहाँ शेरबहादुर देउवाले निधिसँग सल्लाह होइन, दलीय र अन्य छलफलमा सकेसम्म साथै लिएर पनि जानुहुन्न ।’

देउवाले महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, नेता रमेश लेखक, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई साथ लिने गरेको स्रोतको दाबी छ । नागरिक दैनिकबाट ।

+ posts

सम्वन्धित समाचार

देउवा सरकारले दादागिरी देखाउन थाल्यो : ओली

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकार ‘प्रतिगामी’ भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गरेका छन् । साथै उनले सरकारले...

ऋचा चड्ढा भन्छिन्, पतिको अपराधमा शिल्पालाई दोषी मान्नु गलत

मुम्बई। राज कुन्द्राको अपराध काण्डमा बलिउडका दर्शकले उनकी पत्नी शिल्पा शेठ्ठीमाथि दुर्व्यवहार गर्दै आएका छन् । पति राज कुन्द्रा पोर्न फिल्मको...

ताजा समाचार

देउवा सरकारले दादागिरी देखाउन थाल्यो : ओली

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकार ‘प्रतिगामी’ भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गरेका छन् । साथै उनले सरकारले...

ऋचा चड्ढा भन्छिन्, पतिको अपराधमा शिल्पालाई दोषी मान्नु गलत

मुम्बई। राज कुन्द्राको अपराध काण्डमा बलिउडका दर्शकले उनकी पत्नी शिल्पा शेठ्ठीमाथि दुर्व्यवहार गर्दै आएका छन् । पति राज कुन्द्रा पोर्न फिल्मको...

भदौबाट सवारी चालक अनुमति पत्र खुल्ने

काठमाडौं । यातायात व्यवस्था विभागले भदौबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) खुलाउने तयारी गरेको छ । यसअघि प्रदेश सरकारले कुनै निर्णय नगरेकाले...

के के छन् माओवादी केन्द्रको स्थायी कमिटी बैठकको एजेण्डा ?

काठमाडाैं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक चलिरहेको छ । सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र) को जारी स्थायी कमिटी बैठकमा दुई...

प्रचण्ड र नेपालबीच कोटेश्वरमा यसअर्थ चलिरहेछ वार्ता

काठमाडौं । आज नेकपा एमालेमा वारपार गरिने भनिएको छ । एमालेमा वारपार हुनुअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले नेता माधव...