नागरिकता विधेयक प्रमाणीकरणमा ढिलाइ भएको भन्दै राष्ट्रपतिको विरोधमा नेविसंघ सडकमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता विधेयक प्रमाणीकरणमा ढिलाइ गरेको भन्दै नेपाल विद्यार्थी संघले त्रिचन्द्र क्याम्पसमा विरोध प्रर्दशन गरेको छ। प्रदर्शनका क्रमा उनीहरुले क्याम्पस अगाडि राष्ट्रपति भण्डारीको पुत्ला जलाएका छन्।

नेविसंघ पूर्व केन्द्रीय सदस्य विरेन्द्र गिरीले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरणमा ढिलाइ गरेपछि विरोधमा उत्रिनु परेको बताए। विरोध प्रदर्शनमा हस्तक्षेप गरेपछि विद्यार्थी र प्रहरीबीच झडप भएको थियो । प्रहरी र विद्यार्थीबीच ढुंगा हानाहान भएपछि सो क्षेत्रको यातायात केहिबेर अवरुद्ध समेत भएको थियो। झडपका क्रममा केहि विद्यार्थी घाइते भएका छन् ।

संघीय संसदको दुवै सदनबाट पारित भइ नेपाल नागरिकता ऐेन २०६३ लाई संशोधन गर्न बनेको विधेयक दोस्रो पटक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेको छ। अहिलेसम्म प्रमाणीकरण भएको छैन।

विद्यार्थीले नागरिकता विधेयक छिटो प्रमाणीकरण गर्न माग गर्दै नाराबाजी गरेका थिए । उनीहरुले जतिसक्दा चाँडो नेपाल नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने माग गरेका छन्।

+ posts

सम्वन्धित समाचार

काठमाडौंका सवै क्षेत्रमा एमालेले उम्मेदवार तोक्यो, पूर्व प्रहरी प्रमुख खनाल क्षेत्र नं ६ मा

काठमाडौं । नेकपा एमालले काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आफ्नो पार्टीका तर्फबाट उम्मेदवारहरुको नाम अन्तिम टुङ्गो लगाएको छ । क्षेत्र नं. ७मा...

काठमाडौं क्षेत्र नं. ५ मा एमालेका ईश्वर पोख्रेललाई जित्न निकै सकस

काठमाडौं । आसन्न आम निर्वाचनमा एमालेका तर्फबाट क्षेत्र नं. ५ मा उम्मेदवार पूर्व उपप्रधान तथा रक्षा मन्त्री समेत बनिसकेको ईश्वर पोख्रेललाई निर्वाचन...

ताजा समाचार

नेपाल भाषा विज्ञहरु फुटेर दुइवटा सम्मेलन शुक्रबारबाट शुरु

काठमाडौं । सत्ताका लागि राजनीतिक दलहरु फुटेका घटना नयाँ नौलो हुँदै भएन । सामाजिक संघसंस्थाहरुको पनि उस्तै नै चाला नभएको भने होइन...

एमालेसँग तालमेल हुँदा राप्रपाले उम्मेदवारी छाड्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभरबाट उम्मेदवारको नाम टुङ्गो लगाईरहँदा...

कांग्रेस गठवन्धनको बालुवाटारमा बैठक, गगन थापा नजिकैको नेपाल हाउसमा

काठमाडौं । आसन्न मंसिर ४ गतेको आम निर्वाचनका लागि नेपाली कांग्रेस, एकीकृत समाजवादी लगायत सरकारमा सामेल गठवन्धन दलहरुको प्रधानमन्त्री निवास बालुवाटार निवासमा...