इटलीको चलचित्र महोत्सवमा नेपाली चलचित्र पुरस्कृत

काठमाडौँ । चलचित्र ‘सर्भाइभल–लिभिङ थ्रु कोभिड’ ले युरोपेली मुलुक इटलीमा आयोजना गरिएको ‘अल्बोरी सोलप्लेस फिल्म फेस्टिभल’ महोत्सवमा पुरस्कार हात पार्न सफल भएको छ ।

अफजल खानद्वारा निर्देशित तीन मिनेट ५० सेकेन्ड लामो सो चलचित्रले ‘उत्कृष्ट छायाँङ्कन’ विधामा पुरस्कार पाएको हो । यो चलचित्र ड्रिम भिजन स्टुडियोले निर्माण गरेको हो ।

सो चलचित्रमा कोभिड महामारीमा नेपाली जनताले भोगेका समस्या, बाँच्नका लागि उनीहरुले गरेको सङ्घर्ष र कोभिडलाई जितेको भोगाइ देखाइएको निर्देशक (निर्माता किशोर श्रेष्ठले बताए । चलचित्रमा संवादको प्रयोग नगरिएको निर्देशक श्रेष्ठले जानकारी दिए ।

कोभिडजस्तो महामारीबीच मानव जातिले गरेको सङ्घर्ष र जीवन उत्थानशीलता नै यो चलचित्रको मुख्य सन्देश हो । यो चलचित्र यसअघि फ्रान्सको प्रसिद्ध ‘कान्स वल्र्ड फिल्म फेस्टिभल’मा ‘उत्कृष्ट कोभिड विषयक चलचित्र’ विधामा पुरस्कृत भइसकेको निर्देशक श्रेष्ठले बताए ।

+ posts

सम्वन्धित समाचार

पेप्सीकोलाबाट सालकको खपेटा सहित दुई पक्राउ

काठमाडौँ । काठमाडौं महानगरपालिका ३२ पेप्सीकोलाबाट २ केजी ५ सय ग्राम सालकको खपेटा सहित दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ...

आत्मघाती बम विस्फोट १९ को मृत्यु, मृत्यु हुनेमा अधिकांश केटीहरु

काठमाडौँ । अफगानिस्तानको राजधानीमा अवस्थित परीक्षा तयारीको खोलिएको एक शिक्षा केन्द्र शुक्रबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको...

ताजा समाचार

ऋणको विषयमा विवाद हुँदा श्रीमतीको हत्या

काठमाडौँ । ऋणको विषयमा विवाद हुँदा धनुषामा श्रीमानले श्रीमतीको हत्या गरेको छ । मिथिला विहारी नगरपालिका ५ ललियास्थित असोज ४ गते बाँसघारीमा...

इयुको प्राविधिक टोली नेपाल आउँदै

काठमाडौँ । नेपालको हवाई उड्डयन क्षेत्रबारे अडिट गर्न युरोपेली सङ्घ (इयु) को प्राविधिक टोली नेपाल आउने भएको छ । उक्त टोलीको ‘अडिट’पश्चात्...

बियरको बोतल प्रहार गरी छोराको हत्या

काठमाडौँ । बारबर्दिया नगरपालिका–११ विजयनगरमा बाबुले छोराको हत्या गरेको छ । असोज १२ गते बुधबार लौरंगलालले २० वर्षीय छोरा विवेक चौधरीलाई फुटेको...