उदयपुरमा करेन्ट लागेर महिलाको मृत्यु

ठमाडौँ । उदयपुर जिल्लाको कटारी नगरपालिका ८ टोड्केपानीको खरबारीमा बुधबार बेलुकी घाँस काटेर घर फर्कने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६८ वर्षीय गङ्गामाया खत्री रहेकी कटारी इलाका प्रहरी कार्यालयले बताएकाृ छ ।

घाँसको भारी बोकेर बेलुकी ४ बजेतिर फर्कने क्रममा नजिकैको विद्युत् पोलछेउ भएर बाटो काट्न लाग्दा पोलबाट भुइँमा झरेको तारबाट विद्युत् प्रभाह भएकाले उनको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हाृे । उनको कम्बरदेखि मुनिको सम्पूर्ण भाग जलेको थियो ।

कटारीस्थित विद्युत् प्राधिकरण शखा कार्यालयका प्रमुख सन्तोष कार्कीले पोलमा जोडिएको विद्युतीय तार हावाहुरीले भुइँमा झारेका कारण खत्रीको करेन्ट लागेर मृत्यु भएको बताएका छन् ।

उनको मृत्युपछि आफन्तले शव बुझ्न नमानेकाले उक्त शाखाले ५ लाख क्षतिपूर्ति उपलब्ध गराउने शर्तमा मृतकका आफन्तले बेलुकी मात्रै शव बुझेको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताएका छन् ।