किन आएनन् सुपथ मूल्य पसल सञ्चालनमा ?

काठमाडौँ । सरकारले दसैँ, तिहार र छठपर्वलाई लक्ष्य गर्दै हरेक वर्ष असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने गरेको छ । यो वर्ष पनि देशभरि नै असोज १ गतेदेखि सुपथ मूल्य सञ्चालन गर्ने भने पनि बैतडीसहित सुदूरपश्चिम प्रदेशमा सञ्चालनमा अन्यौल देखिएको छ ।

सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भनिए पनि सुदूरपश्चिमका कुनै पनि स्थानमा सञ्चालनमा नआएका साल्ट्रटेडिङग कर्पोरेसन धनगढीप्रदेश कार्यालयका सहायक रामचन्द्र जोशीले जानकारी दिए । उनले भने,“ सुपथ मूल्य पसल सञ्चालनका लागि परिपत्र आएको छैन्, परिपत्र नआउँदा कहिलेदेखि सञ्चालनमा ल्याउने भन्ने टुङ्गो लागेको छैन् । माथिको परिपत्र पर्खिराखेका छौँ ।” सुपथ मूल्य पसल सञ्चालनका लागि अहिलेसम्म पनि परिपत्र नआएकाले परिपत्रबिना सञ्चालन गर्न नसकिने बताए ।

परिपत्र आउनसाथ सुपथ मूल्य पसल सञ्चालनमा आउने सहायक जोशीको भनाइ थियो । विगतका वर्षमा दसै, तिहार, छठसहितका चाडपर्वलाई लक्ष्य गरी सुदूरपश्चिमका सात स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुँदै आएको थियो । चाडपर्वमा त्यस्ता पसलबाट उपभोक्तालाई सहुलियत दरमा खाद्य सामग्री उपलब्ध गराउने उद्देश्य रहेको भए पनि यहाँ सञ्चालनमा नआउँदा समस्या भएको छ ।

कर्पोरेसनले विगतका वर्षमा कैलालीको धनगढीमा रहेको अञ्चल कार्यालय, अत्तरिया, टीकापुर, कञ्चनपुरको महेन्द्रनगर र बेलौरी, डोटीको दिपायल, डडेल्धुरा र बैतडीको पाटनमा दसैँ, तिहार तथा छठलाई लक्ष्य गरी सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने गरिएकोे थियो ।

पसलमा बाहिर बजारको भन्दा सहुलियत मूल्यमा चिनी,नून चामलका साथै अन्य खाद्य सामग्री किन्न पाइन्छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यो वर्ष असोज १ गतेदेखि कात्तिक १५ गतेसम्म सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भनेको थियो ।

+ posts

सम्वन्धित समाचार

काठमाडौंका सवै क्षेत्रमा एमालेले उम्मेदवार तोक्यो, पूर्व प्रहरी प्रमुख खनाल क्षेत्र नं ६ मा

काठमाडौं । नेकपा एमालले काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आफ्नो पार्टीका तर्फबाट उम्मेदवारहरुको नाम अन्तिम टुङ्गो लगाएको छ । क्षेत्र नं. ७मा...

काठमाडौं क्षेत्र नं. ५ मा एमालेका ईश्वर पोख्रेललाई जित्न निकै सकस

काठमाडौं । आसन्न आम निर्वाचनमा एमालेका तर्फबाट क्षेत्र नं. ५ मा उम्मेदवार पूर्व उपप्रधान तथा रक्षा मन्त्री समेत बनिसकेको ईश्वर पोख्रेललाई निर्वाचन...

ताजा समाचार

काठमाडौंका सवै क्षेत्रमा एमालेले उम्मेदवार तोक्यो, पूर्व प्रहरी प्रमुख खनाल क्षेत्र नं ६ मा

काठमाडौं । नेकपा एमालले काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आफ्नो पार्टीका तर्फबाट उम्मेदवारहरुको नाम अन्तिम टुङ्गो लगाएको छ । क्षेत्र नं. ७मा...

काठमाडौं क्षेत्र नं. ५ मा एमालेका ईश्वर पोख्रेललाई जित्न निकै सकस

काठमाडौं । आसन्न आम निर्वाचनमा एमालेका तर्फबाट क्षेत्र नं. ५ मा उम्मेदवार पूर्व उपप्रधान तथा रक्षा मन्त्री समेत बनिसकेको ईश्वर पोख्रेललाई निर्वाचन...

नेपाल भाषा विज्ञहरु फुटेर दुइवटा सम्मेलन शुक्रबारबाट शुरु

काठमाडौं । सत्ताका लागि राजनीतिक दलहरु फुटेका घटना नयाँ नौलो हुँदै भएन । सामाजिक संघसंस्थाहरुको पनि उस्तै नै चाला नभएको भने होइन...

एमालेसँग तालमेल हुँदा राप्रपाले उम्मेदवारी छाड्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभरबाट उम्मेदवारको नाम टुङ्गो लगाईरहँदा...

कांग्रेस गठवन्धनको बालुवाटारमा बैठक, गगन थापा नजिकैको नेपाल हाउसमा

काठमाडौं । आसन्न मंसिर ४ गतेको आम निर्वाचनका लागि नेपाली कांग्रेस, एकीकृत समाजवादी लगायत सरकारमा सामेल गठवन्धन दलहरुको प्रधानमन्त्री निवास बालुवाटार निवासमा...