आज राती १२ बजेबाट मौन अवधि, चुनावी भाषणमा शीर्षस्थ नेता जिल्ला जिल्लामा

काठमाडौं । आज मध्यरातदेखि निर्वाचनको मौन अवधि शुरू हुँदै छ। त्यसपछि चुनाव प्रचार गर्न नपाइने भएकाले राजनीतिक दल र उम्मेदवारहरू अन्तिम कसरतमा छन्।

शीर्ष नेताहरू आज पनि चुनावी सभालाई सम्बोधन गर्न व्यस्त हुने भएका छन्। झापामा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आज झापामा आयोजना हुने दुई सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। झापा–१ को काँकडभिट्टा र ५ को खजुरगाछीमा हुने चुनावी सभालाई ओलीले सम्बोधन गर्नेछन्।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा सुरपश्चिममा छन्। उनले अछाम र कञ्चनपुरका चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। यता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस महामन्त्री गगन थापाले काठमाडौंमा गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्।

राति १२ बजेपछि राजनीतिक दल, उम्मेदवार तथा दलका पदाधिकारीले चुनावी प्रचार गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ।

+ posts

सम्वन्धित समाचार

दोलखामा सत्ता गठबन्धनकै अग्रता

काठमाडौँ । दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायम छ । हालसम्म १६ हजार १ सय...

अपाङ्गता भएका व्यक्तिको अधिकार पहुँच सुनिश्चित गर्नु सबैको दायित्व हो : स्प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अपाङ्गता भएका व्यक्तिको हक अधिकारको संरक्षण र सम्वद्र्धन गर्दै उनीहरूलाई राज्यबाट प्रदान गरिने सेवा सुविधामा सहज र...

ताजा समाचार

जनप्रतिनिधि चुनेपछि कामको खोजीमा भारततर्फ

काठमाडौँ । प्रतिनिधि र प्रदेशसभा निर्वाचन सकिएसँगै कामको खोजीमा लागि भारत जाने नेपाली नागरिकको सङ्ख्या बढेको छ । पछिल्लो केही दिन यता...

धनुषा दुर्घटना अपडेट : मृतक र घाइतेको नामावलीसहित

काठमाडौँ । धनुषामा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।

३ सय जनालाई एनआइसी एशियाले विश्वकप फुटवल देखाउने

काठमाडौं । एनआईसी एशिया बैकले ३ सय जनालाई विश्वकप फुटवल सिनेमा हलमा देखाउने भएको छ । एन आई सी एशिया बैंकले डिजिटल...