चर्चामा डा तोसिमा

काठमाडौं । प्रतिनिधिसभा सदस्यमा नयाँ अनुहारमा ललितपुर निर्वाचन क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार डा तोसिमा कार्की प्रवेश गरेकी छिन्। निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार उनले ३१ हजार १ सय ६ मतसहित विजय प्राप्त गरेको बताए ।

प्रदेशसभासदस्य निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी नेकपा एमालेका अमृत खड्काभन्दा १८ हजार १ सय ७३ भन्दा बढी मत प्राप्त गरी विजय भएकी हुन् । खड्काले १२ हजार ९ सय ६३ मत प्राप्त गरेका छन् भने अर्का प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले ८ हजार ७ सय ६९ मत प्राप्त गरेकी छिन् ।

तोसिमा पेसाले पाटन अस्पतालमा चिकित्सक जनरल सर्जन हुन । पिता पदमबहादुर कार्की र माता दीपा कार्कीका छोरी डा तोसिमाको जन्म विसं २०४६ मा भएको हो । ललितपुर महानगरपालिका–१८ नख्खुखोला मार्ग निवासी डा तोसिमाले कक्षा दशसम्मको अध्ययन स्थानीय शहीद धर्मभक्त विद्यालयमा साथै मोडर्न इन्डियन स्कुल, चोभारबाट कक्षा १२ तथा किष्ट मेडिकल कलेज, ललितपुरबाट एमविविएससम्मको अध्ययन पूरा गरेकी थिइन् ।

त्यरैगरी काठमाडौँ विश्वविद्यालयबाट जनरल सर्जरीमा मास्टर्स तोसिमा नेपाल मेडिकल काउन्सिलको निर्वाचित केन्द्रिय सदस्य हुन् । सानैदेखि नेतृत्वदायी भूमिका रुचाउने उनले भूकम्पमा सिन्धुपाल्चोकको बतासे, रामेछाप, नुवाकोटको साल्मे, ललितपुरको ठूलादुर्लुङ लगायतका स्थानमा स्वास्थ्य तथा राहत शिविरको नेतृत्व गरेको साथै तोसिमा सामाजिक न्यायका अभियान र भ्रष्टाचारविरुद्धका आन्दोलनमा समेत सक्रिय रहेकी छिन् ।

निर्वाचनमा विजयी भएपछि उनले बोल्न नसक्नेको आवाज बन्ने, मौलिक हकअधिकार सुनिश्चितताको लागि लड्ने तथा शोषण, अन्याय, अत्याचार र हिंसाविरुद्ध सधैँ उभिने प्रतिक्रिया दिइन् ।

तोषिमाको भनाइ अनुसार चुनावका लागि सार्वजनिक गरेको घोषणापत्र अनुसार उनी स्वास्थ्य शिक्षा स्वरोजगारको सुनिश्चितताको आधार बन्ने छु ।

+ posts

सम्वन्धित समाचार

महानगरसँग विवाद पसल नै बन्द गरेर विरोधमा व्यवसायीहरू

काठमाडौँ । सवारीको पार्किङको विषयमा काठमाडौँ महानगरपालिकासँग विवाद हुँदा बागबजारका व्यवसायीहरूले पसल नै बन्द गरेर विरोध गरेका छन् । काठमाडौँ महानगरले मोटरसाइकल...

चेतन अयडीको हत्याको आरोपमा वडाध्यक्ष पक्राउ

काठमाडौँ । चेतन अयडीको हत्या गरेको आरोपमा त्रिवेणी नगरपालिका–७ का वडाध्यक्ष जुद्धबहादुर अयडी पक्राउ परेका छन् । मृतकका परिवारले...

ताजा समाचार

महानगरसँग विवाद पसल नै बन्द गरेर विरोधमा व्यवसायीहरू

काठमाडौँ । सवारीको पार्किङको विषयमा काठमाडौँ महानगरपालिकासँग विवाद हुँदा बागबजारका व्यवसायीहरूले पसल नै बन्द गरेर विरोध गरेका छन् । काठमाडौँ महानगरले मोटरसाइकल...

चेतन अयडीको हत्याको आरोपमा वडाध्यक्ष पक्राउ

काठमाडौँ । चेतन अयडीको हत्या गरेको आरोपमा त्रिवेणी नगरपालिका–७ का वडाध्यक्ष जुद्धबहादुर अयडी पक्राउ परेका छन् । मृतकका परिवारले...

भन्सार छलेर चुरोट र गुट्खा ल्याउने विरुद्ध मुद्दा

काठमाडौँ । राजश्व अनुसन्धान विभागले विदेशबाट भन्सार छलेर चुरोट र गुट्खा ल्याउने विरुद्ध उच्च अदालतमा मुद्दा दायर गरेको छ ।

सैनिकको कारवाहीमा दुई प्यालेस्टाइनीको मृत्यु

काठमाडौँ । बिहीबार इजरायली सेनाले गरेको कारवाहीमा एक विद्रोही नेतासहित २ जना प्यालेस्टाइनी मारिएका छन् । वेस्ट बैंकको गिरफ्तारीमा छापा मार्ने क्रममा...

विश्व एड्स दिवस : ८४ प्रतिशतले एचआइभी सङ्क्रमणमा कमि

काठमाडौँ । नेपालमा सन् २००० को तुलनामा एचआइभीको नयाँ सङ्क्रमण ८४ प्रतिशतले घटेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय एड्स...