मुलुकमा भोलिबाट बजेट नै नभएको अवस्था

काठमाडौं । मुलुकमा भोलिबाट बजेट नै नभएको अवस्था सिर्जना भएकाे छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले ल्याएको बजेटको प्रतिस्थापन विधेयक पारित नहुँदै संसद स्थगित भएपछि मुलुक भोलिबाट बजेनविहिन हुने भएको हो । यसकारण सरकारी खर्च भोलिबाट रोकिनेछ ।

विधेयक भदौ ३० गतेसम्म पारित गर्नुपर्नेमा नभएपछि अब स्वतः निस्क्रिय हुने देखिएको छ । यो विधेयक पारित नगरेपछि अब सरकारी खर्च रोकिने भएको हो । तर कर उठाउन व्यवस्था भने जारी रहने भएको छ ।

सरकारले पेश्की खर्च नगर्ने स्पष्ट पारेको छ । अर्थमन्त्री जनार्दन शर्माले भने सरकारले नियमित प्रक्रियाबाटै बजेट पारित गरेर अघि बढ्ने बताउदै आएका छन् । असोज ४ गतेसम्मका लागि संसद स्थगित भएको छ । संसद स्थगनले बजेट अनिश्चित भएको छ ।