रकमकै लागि निजी विद्यालय खुलाउने होड, बच्चाको स्वास्थ्य जिम्मेवारी कसको ?

काठमाडौं । विद्यालय खोल्न विद्यालयहरु तम्सिरहेका छन् । तर, अभिभावकहरु भने विद्यालय खोल्न हतारिएको देखिएको छैन । विद्यालयहरु शुल्कको लागि हतारिएको अनुमान गर्न सकिन्छ ।

यद्यपि स्थानीय तहहरु पनि विद्यालय खोल्न चाहिरहेका छन् । उनीहरु व्यवसायीको लालचमा परेका होलान् ।

मन्त्रालयमै बसेको बैठकमा अभिभावकहरु विद्यालय खोल्न नहुने र हतारिन नहुने मतोमा थिए ।

हाल विद्यालयहरु शुल्क उठाउन नपाएर दिक्क छन् । नाइट क्लबसमेत खुल्दा नीजी विद्यालयले भने कमाउन पाइरहेका छैनन् ।

आखीर नीजी विद्यालय खोलिएको शिक्षाको लागिभन्दा पनि कमाउनकै लागि हो । सबैले खुलारुपमा कमाउन पाइरहेको बेला हामीले मात्र कमाउन नपाउने ? भन्दै बिचराहरुको मन अमीलो भएको छ ।

यता अभिभावकलाई भने ससाना नानीहरुको स्वास्थ्यको चिन्ता छ ।

भक्तपुर नगर शिक्षा समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा कोभिड–१९ जोखिमका कारण बन्द रहेका विद्यालय सञ्चालनबारे नगर शिक्षा समितिको बैठक बसेर पनि निष्कर्ष निकाल्न सकेनन् ।

यस्तो विभिन्न स्थानमा भइरहेको छ ।

आलोपालो रुपमा चरणबद्ध रुपमा कक्षा सञ्चालन गर्दै जाने हो भने पनि कोरोनाले चाउरिएका विद्यालय संचालकले केही राहत हुन्थ्यो कि भन्ने सोचेका छन् ।

पुस १ गतेदेखि नै सञ्चालन गर्ने गरी देशभित्रका सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयहरूमा विद्यालय सञ्चालनसम्बन्धी प्रस्तावनासहितको कार्ययोजना शिक्षा शाखामा पेश गरी कक्षा ८, ९ र १० को कक्षा आलोपालो गरी सञ्चालनको सुरूवात गर्ने निर्णय पनि गरेको थियो ।

तर कोरोना जोखिमले त्यसो हुन सक्ने अवस्था छैन ।

घरमा बसेर डकारिरहेका सरकारी स्कुलका शिक्षक भने विद्यालय नखुलेमा बढी खुशी हुनेछन् ।

विद्यार्थी संख्या १०० भन्दा कम भएका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूको हकमा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड कार्यान्वयन गरी विद्यालय सञ्चालनसम्बन्धी प्रस्तावनासहितको कार्ययोजना शिक्षा शाखामा पेश गरी कक्षा सञ्चालन गर्ने निर्णय भए पनि बच्चाको शुरक्षाको कुनै उल्लेख छैन ।

सरकारले जिम्मेवारी नउठाउने , निजी विद्यलयले पनि सुरक्षाको जिम्मा नलिने अवस्थामा बच्चा विद्यलय पठाउन अभिभावक किन तम्सियून् ?