सरकारलाई पूर्णता दिने जिम्मेवारी शीर्ष नेताहरुलाई

काठमाडाैं । गठबन्धनको बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेशको समस्या समाधान गर्ने र सरकारलाई पूर्णता दिन शीर्ष नेताहरुलाई जिम्मेवारी दिने निर्णय गरेको छ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सरकारलाई पूर्णता दिन शीर्ष नेताहरुलाई जिम्मेवारी दिएको हाे।

गठबन्धनको बैठकमा उपस्थित एक नेताका अनुसार गठबन्धनका शीर्ष नेतालाई परिणाम आउने गरि समस्या समाधान खोज्नस् भन्ने जिम्मेवारी बैठकले दिएको छ। अबको एक–दुई दिनभित्रै मन्त्रिमण्डलले पूर्णता पाउने र गठबन्धनलाई दीगो बनाएर लैजाने विषयमा पनि छलफल भएको बताइएकाे छ।

सरकार गठन भएकाे ७५ दिन भइसक्दा पनि अहिलेसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेकाे छैन। जसले गर्दा सरकारकाे चर्काे आलाेचना भएकाे छ।