कुमारी बैंकले शेयरधनीहरूलाई नगद लाभांशसहित शेयर बोनस बाँढ्ने

काठमाडाै। कुमारी बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई नगद लाभांशसहित शेयर बोनस बाँढ्ने घोषणा गरेको छ ।

बैंकको गत असोज ११ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पुँजीको २.६७ प्रतिशत नगद लाभांशसहित ८.६७ प्रतिशत बोनस शेयर बाँड्ने घोषणा गरेको हो ।

बैंकको हालको चुक्ता पुँजी १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार रुपैयाँ रहेको छ । उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात शेयरधनीहरूलाई वितरण गरिने बैँकले जनाएकाे छ।

यद्यपि, बैंकले हालसम्म आफ्नो साधारणसभा र बुक क्लोजको मिति भने तोकिसकेको छैन ।