संस्था विस्तारका क्रममा स्वयंसेवी रक्तदाता समाज अछाम गठन

अछाम । स्वयंसेवी रक्तदाता समाजको संस्था देशव्यापी बनाउने क्रममा अछाम जिल्लामा जिल्ला शाखा गठन गरिएको छ । अछामको साँफेवगरमा आयोजित कार्यक्रममा जिल्ला शाखा गठन गरिएको हो ।

जिल्ला शाखाको अध्यक्षमा वीरबहादुर बोहरा चयन भएका छन् भने उपाध्यक्षमा चेत विक्रम शाह, सचिवमा कृष्णबहादुर थकुल्ला, कोषाध्यक्षमा जीवन बहादुर बुढा र सदस्यहरुमा मीनबहादुर राना, तपेन्द्र भण्डारी,जनक कडायत र हिक्मत धामी सर्वसम्मत चयन गरिएको समितिको सल्लाहकारहरूमा क्रमशः टक्कर शाह,उमेश कंवर,चन्द्रमणि भाट गंगबहादुर खड्का,पुष्प बिष्ट र दानबहादुर बुढा चयन भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष समेत रहेका स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले अहिलेको असहज परिस्थितिमा संगठित भई कसरी विराामीहरुलाई सहज रुपमा रगत उपलब्ध गराउन सकिन्छ भन्ने कार्यमा समाज जुटिरहेको बताए।