निजी विद्यालयसँग प्रतिष्पर्धा गर्न सक्ने गरी सामुदायिक विद्यालयलाई अघि बढाइने : मेयर शाक्य

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका निजी विद्यालयहरुसँग प्रतिष्पर्धा गर्न सक्ने गरी सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधार्न आफूहरु लागि परेको बताएका छन् ।

शिवपुरी माध्यमिक विद्यालयको ७३ औं वार्षिक उत्सव कार्यक्रममा बोल्दै प्रमुख शाक्यले शिक्षाको जिम्मेवारी महानगरमा आईसके पश्चात महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर र भौतिक गुणस्तर समेत सुधार आएपछि निजी विद्यालयहरु त्रसित हुन थालेको खुलासा गरेका छन् ।
हिजासम्म सामुदायिक विद्यालयहरु गाभ्नु पर्दछ, शिक्षाको गुणस्तर छैन भन्नेहरु यतिखेर सामुदायिक विद्यालयका कारण बोडिङ्ग स्कुल वन्द गर्नु पर्ने अवस्था आएको भन्दै जोगाईदिन आग्रह गर्न थालेको प्रमुख शाकयले खुलासा गरे ।
सरकारले निजी विद्यालय वन्द गर्ने होइन सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधार्ने वित्तिकै निजी विद्यालयहरु आफै कि गाभिने नभए वन्द गर्नु पर्नुे अवस्थामा आउने भएकाले सामुदायिक विद्यालयका व्यवस्थापक, प्रधानाध्यपक, शिक्षक शिक्षिकाहरुले भित्रि मनदेखि नै शिक्षाको गुणस्तर सुधार्नका लागि सक्रिय हुन प्रमुख शाक्यले आग्रह गरे ।

सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधार्नका लागि महानगरपालिकाले गर्नु पर्ने सवै सहयोग गर्न आपूm तत्पर रहेको प्रतिवद्धता समेत शाक्यले व्यक्त गरे ।

काठमाडौं महानगरपालिका वडा नं. ३ मा रहेको शिवपुरी माध्यमिक विद्यालयले आफ्नो ७३ औ वार्षिकोत्सवको अवसरमा शिक्षाको गुणस्तर र भौतिक सेवा सुधार्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै महानगर प्रमुख शाक्यलाई सम्मान समेत गरेको थियो ।