पूर्वराजाले यसवर्ष सर्वसाधारणलाई टीका नलगाइदिने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको दशैंमा सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् ।  

शाहका स्वकीय सचिव फणि पाठकका अनुसार पूर्व राजाले अष्‍टमीको दिन शक्ति पीठहरुको दर्शन पनि गर्ने छैनन् ।

कोरोनाका कारण पूर्वराजाले यस्तो निर्णय लिएका हुन् ।

यसअघि विगत वर्षहरुमा पूर्व राजाले शक्ति पीठहरुको दर्शन गर्ने र सर्वसाधारणलाई टीका लगाइदिने गरेका थिए ।