दुई दिनमै बन्द भयो लाइसेन्सको अनलाइन आवेदन

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र अनलाइन आवेदन प्रणालीमा समस्या आएपछि मर्मतका लागि बन्द गरेको छ।

सवारी चालक अनुमतिपत्र अनलाइन आवेदन धेरैले भर्दा त्यसको दबाब थेग्न नसकेपछि बन्द भएको यातायात विभागले जानकारी दिएको छ।

विभागका अनुसार मर्मत कार्य भइरहेको र यसको मर्मत पूरा भएपछि सूचारु हुने पनि विभागले जानकारी दिएको छ।

नयाँ सवारी चालक अनुमतिपत्रका लागि यहि कात्तिक ९ गते अनलाइन आवेदन खुला गरिएको थियो।

लामो समयपछि यातायात विभागले नयाँ लाइसेन्सका लागि आवेदन खुला गरेको थियो।