५ करोड भन्दा बढी राजश्व चुहावट गर्ने व्यापारीलाई मुद्दा दायर

काठमाडौं । नक्कली अन्तशुल्क प्रयोग गरी राजस्व चुहावट गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले ५ करोड ५६ लाख ४३ हजार ९० रुपैयाँ जरिवाना गरेको छ । रुपन्देही जिल्लामा रहेको क्रिष्टल बोटलर्सका सञ्चालक फुलसिंह क्षेत्रीमाथि विभागले मुद्दा दायर गरेको हो ।

त्यसैगरी, माउन्ट एभरेष्ट डिष्टिलरीका सञ्चालक मृगेन्द्र गोविन्द श्रेष्ठ, मोहमद साहिद अन्सारीसमेत १२ जनालाई तुलसीपुुरमा मुद्दा दायर गरेको छ ।

भन्सार चोरी पैठारी गरी ल्याएको नक्कली अन्तःशुल्क स्टिकर मदिरा उत्पादन गर्ने कृष्टल बोटलर्स प्रालि तथा माउन्ट एभरेष्ट डिष्टिलरी प्रालिलाई जारी भएको सक्कली अन्तशुल्क टिकटको सिरियल नम्बरसँग मिल्ने नम्बरका नक्कली अन्तशुल्क टिकटहरु बरामद भएको तथा भन्सार कार्यालयबाट जाँचपास भएको भन्दा वढी परिमारणमा मालवस्तु भेटिएको छ ।

भन्सार चोरी पैठारी गरी राजस्व चुहावटको कसूर गरेको देखिदा प्रतिवादीहरुले राजस्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण० ऐन, २०५२ को दफा ३ ले निषेधित कार्य गरी एवं सोही ऐनको दफा ४ को खण्ड ९झ० बमोजिम कसुर गरी देहाय बमोजिम राजस्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण० ऐनको दफा २ ९छ० बमोजिम ५ करोड ५६ लाख ४३ हजार ९८ रुपैयाँ मुद्दा दायर भएको हो ।