शम्भु थापा जस्ता वकीलहरुले धेरै नेपालीलाई घरबार विहिन बनाईदिएका छन्

काठमाडौं । सत्ता र शक्तिका लागि जे गर्न पनि तयार हुने नेपाल बार का पूर्व अध्यक्ष शम्भु थापाले पहिलो आफ्नो स्वार्थ नमिलेका कारण प्रधान न्यायाधिशको आन्दोलनमा क्रममा न्यायालयमा घुस खाएर मात्र फैसला हुने खुलासा गरेका छन् ।

जन आन्दोलन २०६२/६३ का बेलामा निकै भाषण ठोकेका यिनै शम्भु थापाले न्यायालमा घुस खाएर फैसला हुन्छ त्यसकारण पनि त्यसको अन्त्य गर्नु पर्छ भन्ने शब्द पनि उच्चारण गरेका थिएनन् ।

अहिले प्रधानन्यायाधिश विरुद्धको आन्दोलनमा थापाले न्यायालयलाई घुस खाने अखडामा रुपमा परिचित गराईदिएका छन् । शम्भु थापा के शब्दलाई सापटी लिएर भन्ने हो भने प्रधानन्यायाधिश विरुद्ध उत्रिएका न्यायाधिशहरु पनि घुस खानेहरु नै परिसकेका छन् । शम्भु थापाको अभिव्यक्तिलाई न्यायाधीशहरुले स्वीकार गरिसकेका पनि छन् नत्र भने उनीहरुले थापाको अभिव्यक्ति प्रति खेद प्रकट गरिसक्थे होला ।

न्यायालय घुस खाने अखडा र न्यायाधीहरु घुस खाने घुस्याहा भएकै कारण शम्भु थापा विरुद्ध बोल्न सकेका छैनन् । बरु आफू निकट प्रधानन्यायाधीश ल्याउन पाए घुस खाने मात्र बढाउन पाईन्थ्यो कि भन्ने सोचले नै यो आन्दोलन भएको हो की भन्ने शंका शम्भु थापाले उव्जादिएका छन् ।

अर्को महत्वपूर्ण कुरा के हो भने गलत कुरालाई पनि सहि भन्ने बनाएर शम्भु थापा जस्तो धेरै वकीलहरु करोडपति बनेका छन् । तर यीनीहरुले आफ्नो सेवाग्राहीहरुलाई भने घरबार विहीन बनाएर सडक मै पु¥याएका धेरै घटनाहरु छन् । राज्यलाई आयकर नतिर्ने, सम्पत्तिको श्रोत पनि नदेखाउने वकिलहरुको सम्पत्ति शुद्धिकारण विभागले छानविन गर्नु पर्दछ कि पर्दैन ।

रापप्राका अध्यक्ष कमल थापाले भने जस्तै प्रधान न्यायाधीशलाई हटाउनो एक मात्र र वैधानिक बाटो महाभियोग हो । महाभियोग लगाउने दलले नै हो । सवै वकीलहरु दलसँग आवद्ध छन् । बारको चुनाव दलगत आधारमा हुन्छ । त्यसैले प्रन्या हटाउने हो भने अदालत अगाडि होइन पार्टी कार्यालय अघि प्रदर्शन गर्नु पर्दछ ।