उपत्यकामा लागेको तुवाँलो आजबाट हट्ने

काठमाडौं । काठमाडौं उपत्यकासहित मुलुकभरीको मौसममा सुधार आउने मौसमविदहरुले बतएका छन् ।

एक साता अघिबाट बिग्रिएको मौसम आजबाट सुधार हुने भएको हो । आइतबार बिहानै काठमाडौं उपत्यकामा तुवाँलो लागेपनि मध्यान्हबाट वातावरण सफा हुने बताइएको छ ।

मौसमविदहरुका अनुसार आज मुलुकका सबैजसो स्थानहरुमा घाम लाग्नेछ । प्रदेश १ का केही स्थानहरुको उच्च पहाडी क्षेत्रमा सामान्य वर्षा हुनेछ भने समग्र मुलुकभरी भने मौसम सफा रहनेछ ।

विगतका वर्षहरुभन्दा यो वर्ष काठमाडौं उपत्यकामा जाडो बढ्ने मौसमविदहरुले प्रक्षेपण गरेका छन् । याे वर्ष समय अगावै जाडाे बढेकाे छ ।