ओली भन्छन्, मलाई असफल बनाउन खोज्नेहरु देउवाको खुट्टा समातिरहेका छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अप्ठेरो पार्नेहरु (माधव नेपालहरु) देउवाको खुट्टा समाउन पुगेको कटाक्ष गरेका छन् । नेकपा एमाले पार्टीको दर्शौ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै ओलीले प्रधानमन्त्री शेरवहादुर देउवा तर्फ संकेत गर्दै सो कुरा बताएका हुन् । विगतमा सरकार प्रति निकै आलोचना गर्ने ओलीले सरकारप्रति नरम नै देखिएका थिए ।

एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई अतिथि बनाएर राखेर सरकारबाट टिप्पणी गर्नु राम्रो नहुने बताए । ‘अहिलेको सरकारको सम्बन्धमा म केही भन्न चाहन्न,’ उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीजीलाई हामीले आमन्त्रण गरेका छौं । प्रधानमन्त्रीजीलाई मञ्चमा अतिथि बनाएर राखेर टिप्पणी गर्नु बान्छनीय हुँदैन ।’