कम्युनिष्टहरु विभक्त भएका प्रति लीला पोखरेल दुखि

चितवन । नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले कम्युनिष्टहरु विभक्त भएकोमा दुख व्यक्ति गरेका छन् । नेकपा एमालेको अधिवेशनमा अतिथिका रुपमा चितवन पुगेको उनले अधिवेशनमा शुभकामना व्यक्त गर्दै सो कुरा बताएका हुने । उनले कम्युनिष्ट एकताको आवश्यकताले आज विभक्त मनहरु पुनः एकतावद्ध हुने बताए ।
पोखरेलले कम्युनिष्ट आन्दोलन पुनः एकताको दिशामा जानुपर्ने बताउँदै ‘हाम्रा आग्रह र संकिर्णताले आज जितेजस्तो देखिएपनि, आज हाम्रो आन्दोलन अल्मलिए जस्तो देखिएपनि आज विभक्त मनहरु पक्कै भोली फर्कनेछन् । एकता, संघर्ष र सहकार्य संस्कृतिको साझा प्रयास जारी राख्नुपर्छ’, पोखरेलले भनाई थियो ।