किन फाट्यो यसपाली कमल थापाको मन …

काठमाडौं । राजावादीहरु निकट रहेको राप्रपा नेपाल एकीकरणसँगैको महाधिवेशनले नयाँ पुस्ताका रुपमा राजेन्द्र लिङ्देनलाई राप्रपाको पार्टी अध्यक्षमा निर्वाचित गराएको छ । राप्रपामा एकछत्र राज गरिरहेका निवर्तमान कमल थापालाई राप्रपाबाट नै पाखा लगाउने गरी हराईदिएका छन् । नेपालमा गणतन्त्र स्थापना गरिरहँदा राजतन्त्रको पक्षमा वकालत गरिरहेका थापालाई पछिल्लो समयमा विभिन्न आरोप लाग्दै आएको पछि छ ।

कहिले सक्रिय राजतन्त्रको विपक्षमा बोलेको जस्तो देखिने त कहिले पक्काका राजतन्त्र जोगाउने म बाहेक कोही पनि छैन भन्ने सोच लिएरु बसेका थापालाई महाधिवशेन प्रतिनिधिहरुले उनको असली रुप देखाईदिएका छन् । राजावादी भित्रको गुटउपगुट जस्तै बन्दै आएको राप्रपा केही दिन अघिमात्र एकीकरण हुँदै आएको थियो । महाधिवेशन उम्मेदवार दिए लगतै पूर्व राजाले हस्तक्षेप नगरेका आफूले निर्वाचित जित्ने संकेतको अभिव्यक्ति सामाजिक सञ्जालमा राखेका थापाले अन्तत ः पार्टीबाट हार खानु परेको छ ।

पछिल्लो राजनीतिक घटनाक्रमलाई हेर्ने हो भने कुनै पनि पार्टीको नेतृत्व युवा पुस्ता हुनु पर्दछ भन्ने सोच पलाउँदै आएको छ । त्यसको उदाहरण राप्रपामा नै देखिएको छ । राजेन्द्र लिङ्देन युवा पुस्ताबाट राष्ट्रिय पाटीको नेतृत्व गरिरहँदा कमल थापाले मन अमिलो गर्दै ट्वीट गरे,
‘पोहोर साल खुशी फाट्दा
जतन गरी मनले टाले
त्यही साल माया फाट्यो
त्यसलाई पनि मनले टाले
यसपाली त मनै फाट्यो
केले सिउने के ले टाल्ने हो ? ’
हो कमल थापाको मन फाट्यो । राप्रपा एकीकरण भएपछिको अध्यक्ष बन्ने र फेरि केही वर्ष रजगत गर्ने सोच थापाको थियो । राप्रपाका कार्यकर्ताहरु थापाको नेतृत्व हटोस् भन्ने चाहना थियो यद्यपी अध्यक्ष पदमा उठ्ने नेतृत्व भेटिएको थिएन वा भनौं थापाका विपक्षमा उठ्ने आँट कसैले गरेन पनि । तर यो पटक राजेन्द्र लिङ्देनले राप्रपाको अध्यक्ष उठ्ने आँट गरे । पशुपति शम्शेर लगायतले उनलाई सहयोग गरे र निर्वाचित पनि भए । त्यसैले कमल थापाको मन फाटेको छ ।

सायद उनलाई नेतृत्वमा आउन नदिन पूर्वराजा ज्ञानेन्द्र शाहले पनि केही भूमिका खेलेको उनको भित्री बुझाई पनि छ । कमल थापाले अध्यक्ष भईरहँदा आफूले के के गरे भन्ने कुरा पनि एक पटक सम्झनु आवश्यक छ । राष्ट्रवादी मानिएका कतिपय राजावादीहरु अहिले पनि ओझेलमा परेका छन्, संगठित छैनन । केही कोठे राजनीति गर्नेहरुको फेर समाएर नेतृत्व गर्न सक्छु भन्ने भूल थियो कमल थापाको ।

जसरी २०६२÷६३ को आन्दोलनमा तात्कालिन राजाले यिनै कमल थापाहरुको विश्वासमा जनता माथि दमन गर्ने दुष्प्रयास गर्नाले नै राजतन्त सकिएको थियो । सायद त्यसबेला ज्ञानेन्द्र शाहले जनताको भावना बुझेर अगाडि बढेको भए अहिलेसम्म पनि राजतन्त्र रहिरन्थ्यो होला । त्यसैले त्यसबेला ज्ञानेन्द्र शाहले भने, झरेको पात झै भयो उदास मेरो जिन्दगी’, आज कमल थापा भन्दै छन् । यसपाली त मनै फाट्यो केले सिउने केले टाल्ने हो ?