कोभिडका विरामी थपिँदै आज २९३ मा कोरोना सङ्क्रमण


काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २९३ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा ११ हजार ६२६ को पीसीआर परीक्षण गरिएको थियो ।

योसँगै नेपालमा पीसीआर परीक्षण गरिएका सङ्क्रमितको सङ्ख्या आठ लाख ६५ हजार ६६४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या ९६ हजार ९२ पुगेको छ । पछिल्लो समय थप २६३ कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख नौ हजार ९२२ पुगेको छ । निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।