कमाउधन्दामा सेटिङ्ग मिलाउँदै गोकर्णेशवर नगरपालिकाका प्रमुख चालिसे


काठमाडौं । काठमाडौंको उत्तरपूर्वी क्षेत्रमा रहेको गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे यतिखेर सेटिङ्ग मिलाएर कमाउधन्दामा लागेका छन् । पाँच वर्षे कार्यकालका निर्वाचित भएका भएका सन्तोष चालिसेले विकासका नाममा शुरुदेखि नै सेटिङ्ग काम गर्दै आईरहेको थिए ।

सडक विस्तारदेखि साना सडक पीच गर्ने कार्यमा समेत चालिसेले सेटिङ्गमा काम गर्दै आईरहेको छन् । चालिसेकै सेटिङ्गका गोकर्ण माईती नेपाल ढोकाभन्ज्याङ्ग सडक कागजी रुपमा मात्र पक्की देखिएको आरोप लागेको छ ।

सो सडक पीच गर्नका लागि टेण्डर प्रक्रिया भई सम्झौता भई भुक्तानी समेत भईसकेको खुल्न आएको छ । सडक विभागको लगानी भएको भनिएको सो सडक हालसम्म एक इन्च पनि पीच नभएको तर भक्तानी भने भईसकेको सडक विभागकै एक कर्मचारीले बताए ।

नगरपालिकाका प्रमुख सन्तोष चालिसेले नगरपालिकाबाट निर्माण गरिएका सवै सडक खण्डमा २० प्रतिशत कमिशन दिने ठेकेदार मार्फत काम गरिरहेको भन्दै कांग्रेस निकट कार्यकर्ताहरु चालिसेसँग रुष्ट भएका छन् । पाँच वर्षमा चालिसेले कांग्रेसकै बदनाम गरेको र आगाामी निर्वाचनमा त्यसले असर पर्ने बताएको छ ।