शान्ति प्रक्रियापछि कहाँ चुक्यौँ, मैले आफैँलाई समीक्षा गरेको छु : प्रचण्ड

????????, ?? ??? ?????(??????? ???????)?? ???? ????????? ????????? ??????? ??????????? ?????? ??????? ?????? ????? ???????? ??????? ???????? ?????? ?????? ? /Tg >]i7 ????


काठमाडौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको राजनीतिक परिवर्तनमा सफलता हासिल गरेको पार्टी पछिल्ला समय कमजोर देखिनुका पछाडि गम्भीर आत्मसीक्षा गरिने बताएका छन् । माओवादीको आजदेखि सुरु आठौँ राष्ट्रिय महाधिवशेनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले शान्तिप्रक्रियापछि विचार, सङ्गठन, संरचना, कार्यनीति र कार्यशैलीमा कहाँ चुक्यौ भनेर आत्मसमीक्षा गरिने बताए ।

महाधिवशेनमा पेश गर्न आफूले तयार गरेको राजनीतिक प्रतिवेदनमा आफूले पहिलो आत्मसमीक्षा गरेको उल्लेख गर्दै उनले भने “जनयुद्धको तयारी र नेतृत्व गर्ने अवसर मलाई जुट्यो, बाह्रबुँदे र शान्ति प्रक्रियामा हस्ताक्षर गर्ने, संयुक्त जनआन्दोलन उठाउने, संविधान निर्माणमा नेतृत्व गर्ने अवसर मालाई जुट्यो । तर पछिल्ला समय माओवादी आन्दोलन कमजोर देखिनुमा प्रमुख नेताको मैले आफैँलाई समीक्षा गरेको छु ।”

नेपालका कम्युनिष्ट शक्तिबीच ध्रुवीकृत गर्ने उद्देश्यले माओवादी र नेकपा ९एमाले० बीच पार्टी एकता गरेर गल्ती गरिएको थिएन भन्दै उनले के कारणले हामी दुई ठाउँमा हुन पुग्यौँ भनेर दुवै पक्षले समीक्षा गर्नुपर्ने बताए। “त्यसको समीक्षा गरौँ, हामीले गल्ती गरेका थिएनौँ । हामीले यो देशलाई स्थायित्व र समाजवादतर्फ लैजाने सपना पूरा गर्ने उद्देश्य राखेका थियौँ”, प्रचण्डले भने ।

महाधिवशेनपछि माओवादीलाई मात्र नभई देश र जनतालाई नयाँ उत्साह दिन चाहेको उनको भनाइ छ । मधेसी जनताका हक अधिकारका लािग आफूले प्रधानमन्त्रीको हैसियतमा संविधान संशोधनको विषय उठान गरेको उल्लेख गर्दै उहाँले मधेसी र आदिवासी जनजातिको हकअधिकार संरक्षणका लागि आफूले पहल गरेको स्मरण गरे।

पछिल्लो चरण पार्टीमा विचार सुशासन जनताको आकांक्षा पूरा गर्न गरिबलाई राहत दिन विभिन्न पार्टीसँग नजिक भएर काम गरेको उल्लेख गर्दै उनले आगामी दिनमा गठबन्धनभन्दा अगाडि बढेर जान आफूहरू तयार रहेको बताए । राजनीतिमा इमान्दारिता आवश्यक रहेको भन्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवा र आफूले एक अर्कालाई प्रधानमन्त्रीमा समर्थन गरेर नमूना प्रस्तुत गरेको बताए। प्रधानमन्त्रीले वर्तमान गठबन्धनलाई चुनावपछि सम्म पनि लैजाने बताएको सन्दर्भ कोट्याउँदै उनले प्रधानमन्त्रीले राष्ट्रले अवाश्यक ठानेको अवस्थामा उचित कदम लिने गरेको समेत बताए ।