कटेरोमा आगलागी हुँदा एक जनाको मृत्यु

संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिका–५ लुङसुङमा कटेरोमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ।

आगलागीमा परेर भोटखोला–५ का २३ वर्षीय पंखामान राईको मृत्यु भएको जल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी लालध्वज सुवेदीले बताए।

चार जना साथीसँग काठ चिर्न जङ्गल गएका पंखामान बसेको कटेरोमा आगलागी हुँदा उनको मृत्यु भएको डीएसपी सुवेदीले बताए।
पंखामानलाई एक्लै छोडेर चार जना साथी खाद्यान्न लिन गाउँतर्फ गएको बेला कटेरोमा आगलागी भएको सुवेदीले बताए।

साथीहरू फर्किएर कटेरोमा पुग्दा पंखामान जलेर मृत्यु भइसकेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।