किन बस्दैछ बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक


काठमाडौं । सरकारमा बसेका सत्ता गठवन्धनका शीर्ष नेताहरुको वैठक अहिले बालुवाटारमा बसिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएसँग सत्ता गठवन्धनको वैठक राखिएको बताएको छ । वैठक सरकार सञ्चालन सहजीकरणका लागि गठित समन्वय समितिको भनिएको छ ।

बालुवाटरको सो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका साथै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, महासचिव डा.बेदुराम भुसाल, काँग्रेस नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, जसपा अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई, सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की, जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल पुगेका छन् ।

पछिल्लो समय सरकारले गरेका काम र कार्य सञ्चालनका लागि भएका कठिनाईलाई समेत मध्यनजर गरी आन्तरिक छलफलका लागि वैठक बसेको बालुवाटार श्रोतले जनाएको छ । तर यो वैठकमा केही खिचडी पाक्दै गरेको अनुमान गरिएको छ ।