आरजुको आडमा शेषघलेलाई केशर महल सुम्पिँदै

काठमाडौ। । प्रधानमन्त्री पत्नी आरजु देउवा राणाको आडमा पूर्व एनआरएनका अध्यक्ष शेष घलेलाई केशर महल सुम्पिने तयारी गर्न लागेको खुलासा भएको छ । नेपालको ऐतिहासिक सम्पदाको रुपमा रहेको र एक सय वर्ष नाघिसकेको केशर महललाई व्यापारीहरूले कौडीको मूल्यमा कब्जा गरेर होटलको रुपमा विकास गर्ने खेल सुरु भएको खुलासा भएको हो ।
नारायणहिटीमा बतासले कब्जा गर्ने प्रयाससँगै अहिले केशर महल शेष घलेले कब्जाको प्रयास गरिरहेका छन् । स्रोतका अनुसार, एनआरएनका पूर्वअध्यक्ष शेष घलेको स्वार्थअनुसार उक्त भवन होटल बनाउन केशर महल कब्जा गर्न खोजेको चर्चा सुरु भएको छ ।

केशर महलको उत्तरतिर घलेको भयंकर होटल निर्माणाधिन अवस्थामा रहेको छ । त्यही होटललाई विस्तार गर्ने क्रममा केशर महल कब्जा गर्न खोजेको स्रोतको दावी छ ।

प्रधानमन्त्री शेरवहाादु देउवाकी पत्नी आरजु देउवासँग विशेष सम्बन्ध जोडिएका व्यापारी घलेले राजनीतिक आडमै उक्त केशर महल आफ्नो नियन्त्रणमा लिन प्रयत्न गरिरहेको दावी गरिएको छ ।

२०७७ सालमा एक समितिमार्फत महललाई भाडामा लगाउने गरी प्रतिवेदन तयार भएको थियो । उक्त प्रतिवेदन विवादमा परेका कारण केही समय रोकिएको थियो । तर, अहिले फेरि गठबन्धन सरकारले उक्त प्रतिवेदन कार्यान्वयन गर्न लागेको प्रसंग उठेको छ ।

महललाई कसरी व्यवस्थापन गर्ने भन्नका लागि लोकभक्त राणा, युवराज सुुवेदी, दशरथ मिश्र र धुव्रराज रेग्मी रहेको अध्ययन समिति बनेको थियो । स्रोतका अनुसार, केशर शमशेरका नाती हुन लोकभक्त राणा ।

उक्त समितिमा रहेका दशरथ मिश्र मात्रै केशर महललाई भाडामा लगाउन असहमति जनाएका थिए । केशर महलमा रहेको स्वप्न बगैँचाले आठ रोपनी क्षेत्रफल चर्चिएको छ भने केशर महल ३४ रोपनी दुई आना एक पैसा तीन दाम क्षेत्रफलमा फैलिएको छ ।

कोरोनाको तेस्रो लहर चलिरहेको मौका छोपेर शिक्षा मन्त्री देवेन्द्र पौडेल र मन्त्रालयका अधिकारीहरूले स्थगित भइसकेको केशर महल परिसरलाई हेरिटेज रेस्टुरेन्टको रूपमा चलाउन दिने रणनीतिलाई अगाडि बढाएको चर्चा छ । गोरखापत्र दैनिकले २०७८ माघ ११ गते सो सम्बन्धमा समाचार लेखेपछि उक्त रहस्यको पर्दाफास भएको हो ।