प्रज्ञा प्रतिष्ठानमा गंगा उप्रेतिको रजाइँ, करारमा कर्मचारी नियुक्ति गरी संस्था टाट पल्टाउँदै

प्रज्ञा प्रतिष्ठानमा गंगा उप्रेतिको रजाइँ, करारमा कर्मचारी नियुक्ति गरी संस्था टाट पल्टाउँदै
काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठान साहित्कार एवं बुद्धिजिवीहरुको संस्थाका रुपमा चिनिन्थ्यो । पछिल्लो समयमा त प्रज्ञा प्रतिष्ठान राजनीतिक भर्तिक केन्द्रका रुपमा स्थापित हुँदै गईरहेको छ । भाषा, साहित्यको विकासका लागि स्थापना भएको प्रतिष्ठान अहिले जागिर दिने थलोका रुपमा विकसित हुँदै गएको देखिन्छ । पछिल्लो समयमा प्रतिष्ठानका उपलकुलपति गंगा उप्रेपतिको प्रतिष्ठानमा रजाईनै नै चल्न थालेको छ ।

प्रधानमन्त्री केपी ओली भएका बेला दोश्रो पटक कूलपति बनेका उप्रेतिले भाषा साहित्यको विकास भन्दा पन िप्रतिष्ठानलाई कार्यकर्ता भर्ति केन्द्र बनाएर संस्था नै टाट पल्टाउने अभियानमा संलग्न भएको छन । उनले नेपाल प्रज्ञा प्रतिष्ठानले १ सय ३५ जना कर्मचारी मध्ये ४५ जना करारको हुँदाहुँदै पनि भरखरै १६ जना थप कर्मचारी करारमा भर्ना गरेका छन्।

जहिले पनि बजेट अपुग भनेर बाराम्बार प्रतिष्ठानमा गुनासो चल्दै आएको भएपनिप्रतिष्ठनाले हालसम्म ओएनएम सर्भेसम्म गराएको छैन । पहिलो तीनवटा प्रतिष्ठान एकै ठाउँमा हुँदा जति कर्मचारी थियो अहिले पनि त्यति नै कर्मचारी प्रज्ञा प्रतिष्ठानमा छन् ।

हाल प्रज्ञा प्रतिष्ठानलाई टुक्र्याएर ललितकला प्रज्ञा प्रतिष्ठान, संगीत नाट्य प्रतिष्ठान गठन गरिएतापनि कर्मचारी चाहिं बाँडफाँड गरिएन । हाल ललितकला प्रतिष्ठानमा ३५ जना र संगीत नाट्य प्रतिष्ठानमा ३५ जना कर्मचारी छन् । तर, प्रज्ञा प्रतिष्ठानमा १ सय ५० जना के का लागि रु भन्ने प्रश्न पदाधिकारीमाथि तेर्सिएकोे छ । अरु उस्तै प्रकृतिका प्रतिष्ठानलाई ३५ जना कर्मचारीले पुग्ने तर प्रतिष्ठानमा १ सय ५० जना हुँदाहुँदै करारमा ६१ जना भर्ना गरिएको छ । अहिले प्रतिष्ठानमा ९० जना स्थायी कर्मचारी रहेको बताइएको ।

कुलपति गंगाप्रसाद उप्रेतीले प्रतिष्ठानलाई कर्मचारी भर्ती केन्द्र बनाएको कर्मचारीले आरोप लगाएका छन । यस्तै अवस्था रहने हो भने भविष्यमा टाट पल्टिएको साझा प्रकाशनको बाटोमा प्रतिष्ठान पनि नपुग्ला भनेर भन्न सकिन्न । हाल साल स्थायीका लागि पनि ७ जनाको परीक्षा लिएर नतिजा प्रकाशन गर्न बाँकी र थप ६ जनाको लागि विज्ञापन गरिसकेको बताइएको छ । प्रतिष्ठानमा कर्मचारीको संख्या १ सय ७४ जना पुग्ने निश्चित छ ।

अनावश्यक रुपमा कर्मचारी भर्ती गर्दा ठूलो बजेट कसरी जुटाउने भन्ने प्रश्न खडा भएको छ । तर, राजनीतिक बागबण्डाका आधारमा नियुक्त भएका प्राज्ञहरुलाई त्यसको कुनै चिन्ता र फिक्री भएको देखिदैन । प्राज्ञहरुले आफ्नो र आफन्त र घरमा काम गर्नेहरुलाई करारमा नियुक्ति दिलाएर भर्ती गर्ने केन्द्र बनाएका छन् । अर्को बिडम्बना त के छ भने मुखियाको दरबन्दी नेपाल सरकारमा छैन भनेर सबै मुखियालाई खरिदार बनाएका छन् र अर्को तर्फ मुखियाको दरबन्दीमा विज्ञापन खुलाएर पुस्तकालय उपसहायक, टेलिफोन अपरेटर भनेर तमासा देखाएका छन् ।

हाल सालै १६ जना करारका कर्मचारी प्रतिष्ठानमा भर्ती गरिएको छ । पुस्तकालय उपसहायक ९मुखिया० रेखा अवस्थी, चौकीदार केशेन्द्रप्रसाद पाध्याय, नैनबहादुर कार्की, रोसन खड्का, विष्णुवहादुर खड्का, सवारी चालक रमेश श्रेष्ठ, कार्यालय सहयोगी यमनकुमार चौधरी, अरुण भण्डारी, दिनेश चौधरी, भीमप्रसाद आचार्य, बिना पराजुली, हिरा कटवाल, मनोजकुमार मेहता र सरसफाई सहयोगी बिना नेपाली, ईश्वरी भट्टराईलाई नियुक्ति गरिएको हो ।

जब कि २ सय ९ जना सर्वसाधारण जनताका छोराछोरीले पनि आवेदन दिएका थिए । तर, यो नाटक मञ्चन गरी पहिला नै आप्mना मान्छेहरुको नाम तय गरी नतिजा प्रकाशित गरेको आरोप छ । पदपूर्ति समितिमा रहेकाहरुले आप्mना मान्छे बाहेक अरु योग्य र सक्षम कर्मचारी भर्ना नगरेर सेटिङ्गमा गरेको बताइएको छ ।

स्रोत भन्छ, कुलपति गंगा उप्रेतीका भागमा परेका ५ जनामा कार्यालय सहयोगी यमनकुमार चौधरी, दिनेश चौधरी, मनोजकुमार मेहता, पुस्तकालय उपसहायक रेखा अवस्थी र सरसफाई सहयोगी ईश्वरी भट्टराई रहेका छन् । सचिव जगतप्रसाद उपाध्यायको भागमा चार जना परेका छन । उनीहरुमा चौकीदार केशोन्दप्रसाद पाध्याय, विष्णुवहादुर खड्का, कार्यालय सहयोगी अरुण भण्डारी, भीमप्रसाद आचार्य रहेको बताइन्छ । प्राज्ञ सदस्य हेमनाथ पौडेलले आफ्ना सवारी चालक जित बहादुर खड्काको श्रीमती बिना पराजुली र प्राज्ञ सदस्य दिनेशराज पन्तको सवारी चालक चित्रबहादुर श्रेष्ठले आफ्ना भाई रमेश श्रेष्ठलाई सवारी चालकमा नै नियुक्ति गराउन सफल भएका छन ।

प्राज्ञ सदस्य लक्ष्मी मालीको भागमा सरसफाई सहयोगी बिना नेपाली र प्रतिष्ठानको युनियनका भागमा चौकीदार नैनबहादुर कार्की, रोसन खड्का, हिरा कटुवाल लगायतलाई भागबण्डामा भर्ना गरेकोश्रोतले बताएको छ । प्रतिष्ठानमा ४५ जना कर्मचारीले काम चल्ने भएपनि १ सय ७० जना ओभरस्टाफि¨अवस्था छ । भर्ना गएिका कर्मचारी दिनभर काम नपाएर हाजिरी गर्दै भाग्दै, घाम ताप्दै दिन कटाउँदै बसेकोदेख्न सकिन्छ ।