उपत्यकामा १ हजार ८ सय २० कोभिड संक्रमित थपिए

काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १८ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं १४०४, लतिलपुर ३०५ र भक्तपुर १११ गरेर २४ घण्टामा १८ सय २० जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या काठमाडौंमा ३७ हजार ३४, ललितपुरमा १० हजार १२५ र भक्तपुरमा १०१२५ गरेर ५२ हजार ७६४ जना छन्।

अहिलेसम्म उपत्यकामा कोरोनाले तीन हजार ४१७ जनाको मृत्यु भएको छ भने तीन लाख ५६ हजार ५६२ जनाले कोरोना जितेका छन्।

मन्त्रालयका अनुसार कुल १४ हजार ५६२ जनामा परीक्षण गर्दा पीसीआर र एन्टीजेन गरेर चार हजार ९०४ जनामा संक्रमण पुष्टि भएको छ।

सोही अवधिमा पाँच हजार ९४२ जना डिस्चार्ज भएका छन् भने ६ जनाको मृत्यु भएको छ। देशभर अहिले सक्रिय संक्रमितको संख्या ८७ हजार ३२९ रहेको छ। २४ घण्टामा दुई लाख ७२ हजार ७४८ जनाले खोप लगाएका छन्।