आजको प्रतिनिधिसभा वैठक स्थगित गरी फागुन २ डाकियो

काठमाडौं । प्रतिनिधिसभाको बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक फागुन २ गते दिउँसो १ बजेका लागि सारिएको छ ।

सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा मंगलबार साँझ जारी सूचनापत्रमा विशेष कारणवश बुधबारका लागि तय भएको प्रतिनिधिसभाको बैठक फागुन २ गते बस्ने गरी निर्धारण गरिएको उल्लेख छ । यसअघिका बैठक पनि सूचना टाँस गरी स्थगन हुँदै आएका छन् ।