वन्दै गरेको कमल पोखरीमा चैत्य स्थापनाका लागि पूजा

काठमाडौँ । पुर्न निर्माणको अन्तिम चरणमा रहेको काठमाडौं महानगरपालिका वडा नं. १ मा पर्ने कमलपोखरीमा ९ वटा चैत्य राखिएका छन् । कमलपोखरीको सौन्दर्य बढाउने गुरुयोजनाअनुसार राखिएका चैत्यहरुकोँ महानगरका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठसहित अधिकारीले विधिपूर्वक पूजा गरेका थिए । ।

पूजापछि प्रतिक्रिया दिँदै मेयर शाक्यले, संरक्षण्को अभावमा रहेको कमलपोखरीलाई गुरुयोजना बनाएर २ चरणमा काम गरेको बताए । ठेकेदारले १५ दिन भित्र पहिलो चरणको काम सम्पन्न गर्ने भनेका छन् । त्यसलगत्तै पहिलो चरणमा पोखरी उदघाटन गर्छौ । र दोस्रो चरको काम थाल्छौँ । मेयर शाक्यको भनाइ थियो ।

‘पोखरी सञ्चालनमा आएसँगै बिहान र साँझपख स्वच्छ हावा र हरियालीको मनोरञ्जन लिदैँ घुमफिर गर्ने उपयुक्त स्थानका रुपमा विकास हुनेछ ।’ शाक्यको भनाइ थियो ।

कोविड महामारीका कारण १ बर्षपछि पोखरीको पुन निर्माण सम्पन्न हुँदैछ । शाक्यले भने, ‘चैत्यसँगै यहाँको सास्कृतिक सम्पदाको संरक्षण र मौलिकता कायम गर्दै कमलपोखरी वरिपरि वृक्षारोपण गर्ने, मठ–मन्दिरको संरक्षण गर्दै पोखरलाई ठमेल, हनुमानढोका, स्वयम्भू घुम्न आउँने पर्यटकको गन्तव्य बनाउँछौँ ।’

कमलपोखरीको पुननिर्माण अघि संघीय र प्रदेश सभा सदस्य, स्थानीय जनप्रतिनिधि, विज्ञ र स्थानीय व्यक्तिहरुसँग लामो छलफल र परामर्श भएको शाक्यको भनाइ थियो ।